विदुर, १७ पुस (रासस)ः विदुर नगरपालिका– १० गेर्खुस्थित सडकमा साँझमा आएको पहिरामा परी गेर्खुटारकी ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको छ ।
बाटो हिँड्ने दुई जना आज साँझ पहिरामा परेकामा गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी सोही गाउँकी रामकुमारी तामाङलाई उपचारका लागि काठमाडौंँ लगिएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
![](https://dindinai.com/wp-content/uploads/2019/01/images_cms-image-000038525.jpg)