नवौ पोखरा महोत्सवको निम्तो बाड्न आयोजक टोली पर्यटकीय गाउ ल्वाङमा

गण्डकी प्रदेश समाचार

नवौ पोखरा महोत्सवको निम्तो बाड्न महोत्सव
आयोजक टोली युनाइटेड क्लवका पदाधिकारीहरु कास्कीको पर्यटकीय गाउ ल्वाङमा
पुगेको छ । महोत्सवकै आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती
नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लवले आफ्नो शिक्षा कार्यक्रम
अन्तर्गत गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न ग्रामीण भेगमा रहेका विद्यालयमा
रहेका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृद्धि अक्षयकोष, न्यानो कपडा वितरण, शैक्षिक सामाग्री वितरण तथा कम्प्युटर वितरण गर्दैै आइरहेको छ ।सोही क्रममा क्लवको टोली कास्कीको माछापुच्छे गाउपालिका ८ ल्वाङ गाउमा
पुगेको हो । क्लवको आयोजनामा आगामी पुसको २७ देखी माघ ८ गते सम्म
पोखराको अमरसिंह चौरमा हुने नवौ संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार संगै
क्लवको शिक्षा कार्यक्रम अन्तर्गत ल्वाङ गाउमा रहेको बाराही आधारभूत विद्यालयमा
रहेका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा वितरण
कार्यक्रममा प्रमुख अतिथी माछापुच्छे गाउपालिका वडा नम्बर ८ का महिला सदस्य
पुष्पा गुरुङले गाउमा रहेको गरिव वालवालिकाका लागी युनाइटेड क्लवले पोखरा
महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरहदा यस्ता सामाजिक कामको सिको
अन्य क्लवहरुले समेत गनपर्ने वताउदै नवौ पोखरा महोत्सवको सफलताको समेत
कामना गरे ।सो अवसरमा वोल्दै युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा

महोत्सव विशद्ध सामाजिक कामका लागी भएकाले ग्रामीण भेगमा रहेको न्यानो
कपडाको अभावमा परेका विद्यार्थीहरुलाई कपडा वितरण गर्न पाउदा निकै खुसी लागेको
वताउदै राज्यले शिक्षाको क्षेत्रमा खर्च गरेको भनेतापनि अझैपनि त्यसको लागी हुन
नसक्नु दुखद पक्ष रहेको वताए ।

त्यस्तै विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बोनी
गुरुङले आफ्नो विद्यालयका लागी महोत्सवकै आयोजना गरी विद्यार्थीलाई न्यानो
कपडा हस्तान्तरण गरेर ठुलो गुन लगाएको वताउदै आगामी दिनमा पनि सहयोगको
अपेक्षा ब्यक्त गरे ।

युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिती संयोजक राजु श्रेष्ठ ले क्लवको गतिविधीको
बारेमा वोलेका थिएभने कार्यक्रमको सञ्चालन क्लवका महासचिव तथा महोत्सव प्रचार प्रसार
संयोजक शान्ता बहादुर थापाले गरेका थिए । कार्यक्रममा क्लका निवर्तमान अध्यक्ष

सुक बहादुर गुरुङ, सल्लाहकार रमेश कार्की, क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा,
सदस्यहरु दिनेश सुनार, जयराम आचार्य, बिष्णु कुमार गुरुङ, शिक्षा उपसमितीका सदस्यहरु
श्यामकृष्ण श्रेष्ठ , रामनारायण ७नतसेष्ठ, फेवा टेलिभजिनका प्रवन्ध निर्देशक लिला
जिसी, स्टेशन म्यानेजर हेमराज अधिकारी लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *