दोस्रो पुस्ताको नेतृत्वमा नेकपा एउटै राख्न सकिन्छ तर, मान्लान् बुढाहरुले ?

विशेष

– ए पोख्रेल

१. ईश्वर पोख्रेल, शंकर पोख्रेल, घनश्याम भुसाल तथा यस्तै नयाँ हस्तीहरुलाई सत्ता वा पार्टीको शक्ति हस्तान्तरण गर्ने वा हुने सर्तमा नेकपा एक रहिरहन सक्छ । माओवादीहरुको ठूलो तप्काले पनि स्वीकार गर्ने देखिदै छ ।

२. तर उक्त प्रस्ताव उताबाट पम्पा भुसाल, जनार्दन शर्मा, टोप बहादुर रायमाझी, बलदेव शर्मा तथा अग्नि सापकोटाहरु जस्ता दोस्रो पुस्ताले समर्थन गरेको हुनु पर्नेछ ।

३. अर्थात् माओवादीको दोस्रो पुस्ताले एमालेको दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण प्रस्ताव गरी सोही अनुसार पार्टी गठन गरेमा नेकपा फुट्दैन, एक रहन्छ र देशको लागि राम्रो हुन सक्छ ।

४. अन्यथा माधव कुमार नेपाल लाई पार्टीको सम्पूर्ण प्रधिकर दिएर पार्टी गठन गर्नु पर्ने आवश्यकता देखिन्छ ।

माधव नेपाल मनोनित पार्टी अध्यक्ष कसो होला?

५. दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण नहुने हो भने, माधव कुमार नेपाललाई सर्वसम्मत अध्यक्ष मनोनित गर्न पनि सकिने देखियो ।

६. विगतदेखि अहिलेसम्म पूर्व माओवादी समुह र माधव समुह नजिक भएर काम गर्न सक्ने क्षमता राख्ने रहेछन् उनीहरू दुवै समुहले।

७. भविष्यमा पनि माधव कुमार नेपाल महाधिवेशन मार्फत अध्यक्ष बन्ने सम्भावना पुरै रहेको छ । ओली समुहले अध्यक्ष जित्न सक्दैन ।

८. त्यसैले पनि अहिलेको असन्तुष्टिलाई सम्बोधन गर्न पनि, सबै समुहहरुले माधव कुमार नेपाललाई पार्टी अध्यक्ष मनोनित गर्नु सही निर्यण हुन सक्छ ।

९. तर यो कुराको प्रस्ताव, फेरि पूर्व माओवादी समुहले पार्टीमा औपचारिक रुपमा राखेर ओली समुहले समर्थन गर्नु पर्ने हुन्छ। सरकार ओली समुह र पूर्व माओवादी समुहले हाक्ने (लतार्ने खासमा!)। पार्टी नेपाल समुहले हाक्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *