तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ को तयारी तिब्र

Featured खेलकुद गण्डकी प्रदेश मनोरञ्जन विशेष समाचार समाज

२४ फागुन २०७९, मोदी गाउँपालिका पर्वतले खेल अभियान पालिकाको पहिचान भन्ने मुल नाराका साथ आगमी फागुन २७ गते देखि ३० गते सम्म तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ तथा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम मोदी-१ भुकदेउरालीमा आयोजना गरेको छ । उक्त कार्यक्रममा विधागतरुपमा ७ ओटा खेलहरुको आयोजना गरिएको छ । खेलहरुमा पुरुष भलिबल प्रतियोगिता(पर्वत जिल्ला अन्तरपालिका स्तर), महिला भलिबल(खुला), पर्वत जिल्ला स्तरीय जनप्रतिनिधि/निजामती कर्मचारी मैत्रीपुर्ण भलिबल, शिक्षक हाजिरीजवाफ(मोदी गाउँपालिका वडा स्तरीय), खुल्ला एकल नृत्य प्रतियोगिता, खुल्ला म्युजिकल चियर र रत्यौली प्रतियोगिता(मोदी गाउँपालिका स्तरीय) आयोजना गरिएको मोदी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले जानकारी दिनु भयो ।

मोदी गाउँपालिका भित्रका फरक फरक स्थानमा राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कपको आयोजना गरि सबै ठाउँको पहिचान र सो ठाउँको पर्यटकीय संभावनालाई प्रफुष्टन गर्ने उद्धेश्यले तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ को आयोजना मोदी गाउँपालिका-१ भुकदेउरालीमा गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताउनु भयो ।

प्रतियोगिताको समुद्घाटन राष्टिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिनाज्युले गर्नु हुने र अध्यक्ष कपलाई थप व्यवस्थित र सफल बनाउन प्रतियोगिताको तयारीलाई तिव्रता दिएको मोदी गाउँपालिकाका इन्जियर एवम् भलिबल खेल संयोजक नविन शाहीले जानाकारी दिनु भयो ।

कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु बद्री पंगेनी, चन्द्र शर्मा, कृष्ण अखेली, सुर्य खड्का, सुदिप क्षेत्री, सुमन केसी, नविना सुवेदी, पार्वती गुरुङ, कमला गैरे  र बत्ती थापा मगरको विशेष प्रस्तुती पनि हुने चर्चित लोकदोहीरी गायक कृष्ण अखेलीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *