तीज लगायत सम्पुर्ण पर्वहरु राष्ट्रको हितमा उपयोग गरिनु पर्दछ।

विशेष समाज

– विमल पाण्डे

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकै आइसकेको छ। गाउँ घर शहर बजार तीजका भाकामा झुम्न थालिसकेका छन।रातो साडी रातै चुरा र रातै सिन्दुरले बाटाहरु झिलिमिली भएका छन।ए साच्चै यसो भनी राख्दा बिहे नभएका दिदिबहिनीहरुप्रति अपमाण हुन सक्छ।उनिहरु पनि चिटिक्कका पहिरणमा सजिएर , हातमा हरियो चुरा बजाउदै रमाइरहेका छन।यसो हेर्दा लाग्छ यो भन्दा सुन्दर बगैँचा संसारको कुनै कुनामा छैन । पौराणिक कथा अनुसार ,पार्वती भगवान शिवकि पत्नी बन्नकालागी १०७ पटक जन्म लिएकी थिइन र १०८ औं जन्म पश्चात् मात्र उनी शिवकी पत्नी बन्न सफल भएकी थिइनँ ।यसरी पार्वतीले शिव पाउनकालागी १०८ वर्ष व्रत बस्नु परेको थियो।त्यसैले , हिन्दु धर्मावलम्बीले पार्वती र भगवान शिवको बन्धन गासिएको दिनको रुपमा तीजलाइ लिने गरेको पाइन्छ।पौराणिक र परम्परागत प्रचलन जे जस्तो भए पनि अहिले यो पर्व आफ्नो श्रीमानको शु-स्वास्थ्य एबम दिर्घायुको कामना संगै महिलाहरु जम्मा भइ नाचगान संगै रमाइलो गर्ने अवसरको रुपमा लिने गरेको पाइन्छ।

जब सडक-सडकमा यस्तो उत्साह देख्छु मेरो मस्तिष्कमा झल्झली आउछन ती दिनहरू जतिखेर म भर्खर भर्खर सामान्य शब्दका अर्थ लगाउन सक्थे, जतिबेला म संगीतलाई महसुस गर्न सक्थे र जतिबेला भर्खर भर्खर मेरा साना आखाले खुला रमझमहरु अवलोकन गर्दै रमाउन सक्थे आज भन्दा करिब पन्ध्र वर्ष अगाडी। मेरि आमा, सानिआमा , हजुरआमा , तल्लो घरकी ठूलि आमा ,दिदिबहिनी ,माइत आएकी फुपु लगायत छिमेकका सम्पुर्ण महिलाहरुको एउटै समय तालिका हुन्थ्यो। बिहान सबेरै उठेर चुलो चौको गर्ने, दिनभर मेलापात जाने, साझ घरका सबैको मनारी पुर्याइसकेपछि आगनमा जम्मा भएर तीजका भाकाहरु गाउने। कोहि गीत गाउनुहुन्थो , कोहि मादल बजाउनु हुन्थ्यो त कोहि छमछमती नाच्नुहुन्थ्यो।मलाइ अश्याद्धै रमाइलो लाग्थ्यो।म उहाहरुलाइ बिशेष महत्त्व एवम रुचिका साथ हेर्ने अनि सुन्ने गर्दथे।उहाँहरुका गीतका शब्दहरु अत्यन्तै भावपुर्ण र मर्मस्पर्शी हुन्थे।मेरि आमा लगायतका माइत जान नपाएका महिलाहरू तीजको अवशर पारेर वर्षमा एक पटक पनि माइत जान नपाएको ब्यथा आफ्ना गीत मार्फत पोख्नुहुन्थ्यो भने माइत आएकी फूपू घरमा आफुले दुख पाएका कुराहरु सुरिलो भाकाका साथ सुनाउनु हुन्थ्यो। हो यहि दृश्यवाट नै मैले तीजको परिभाषा निर्माण गरे अनि यसको महत्त्वलाई व्याख्या गरे।मैले तीजलाइ चेलीबेटिहरु एकै ठाउमा जम्मा भइ आ-आफ्ना मन भित्रको पीडा पोखेर मनलाइ शान्त पार्ने पर्वको रुपमा बुझे ।यतिमात्र हैन, महिलाहरुले आफू प्रतिको शोषन दमन बिरुद्द आवाज उठाउने मञ्चको रुपमा मैले तीजलाइ बुझे।

आजको यो २१ औं शताब्दीको युगमा बिश्वका साम्रज्यवादी,विस्तारवादी अनि पुजिवादी देशहरूले पहिले जसरी हात हतियारका साथ अर्को रास्ट्र माथी आक्रमण गर्दैनन । उनिहरुले कुनै पनि रास्ट्र माथी आफ्नो प्रभुत्व जमाउनका लागि सांस्कृतिक हतियारको प्रयोग गर्ने गर्दछन । उनिहरु अन्य मुलुकहरुलाइ सांस्कृतिक रुपमा बिचलित बनाइ उक्त राज्यलाइ कमजोर बनाएर शासन गर्ने खेलमा अत्यन्तै सक्रियताका साथ लाग्ने गर्दछन।यो खेलको प्रत्यक्ष महशुस नेपालमा पनि गर्न सकिन्छ। नेपाल प्राकृतिक एवम सांस्कृतिक रुपले सम्पन्न मुलुक हो । बिश्व साम्राज्यवाद ,बिस्तारवाद र पुजीवादी देशहरूको गिद्दे नजर यहाका प्रकृतिक, सांस्कृतिक लगाएतका सम्पदा माथी परेको छ।उनिहरु नेपाललाई आफ्नो अधिनमा राख्न चाहन्छन।यस उद्धेश्य प्राप्तिका लागि उनिहरु हदै सम्मको प्रयास गरिरहेका छन। यो महत्त्वकाङ्क्षा पूरा गर्नका लागि उनिहरु सांस्कृतिक हतियारको उपयोग गरिरहेका छन। साम्राज्यवादी संस्कृतिको प्रबेश गराइ नेपालको मौलिक संस्कृतिलाइ ध्वस्त पार्ने, नेपाली जनतालाइ सांस्कृतिक विचलनको बाटोमा दोर्ह्याउने र उनीहरुलाइ राजनितिक , सामाजिक तथा राष्ट्रियताको चेतना वाट टाढा राख्ने खेलमा उनिहरु धेरै हद सम्म सफल पनि भएका छन । यसको एउटा ज्वलन्त प्रमाण अहिलेको भड्किलो तीज हो।अहिले तीज महिला माथिको अत्याचार बिरुद्ध आवाज उठाउने भन्दा पनि धन , सम्पतीको प्रदर्सन र बाहिरी रुपमा सुन्दर देखिने पर्वको रुपमा बिकशित भएको छ। बिश्वका पुजीवादी मुलुकहरूले यसलाई आफ्नो व्यपारिक बजारको रुपमा उपयोग गर्ने गरेका छन।आज तीज महिलाहरु बिच नै भौतिक सम्पतिको प्रतिस्पर्धा गर्ने केन्द्रको रुपमा देखा परेको छ जसले गर्दा समाजमा धनी र गरिव बिचको खाडल झनै गहिरो हुँदै गएको छ।

देशमा हत्या , हिंसा , शोषण दमन झनै बढेर गएको छ। महिलाहरु दिन प्रतिदिन असुरक्षित हुँदै गएका छन । हरेक दिन महिला एवम वालिकाहरु माथी वलत्कारको खबरले समाचारका माध्यमहरु भरिएका छन। दिन प्रतिदिन नेपाली चेलिहरु बिदेशी देशहरूमा बेचिन बाद्य भएका छन। बेरोजगारका कारण लाखौ लाख युवा बिदेश पस्न बिवश छन। तर हाम्रो तीज उत्ताउला गीतहरुमा कम्मर हल्लाउन ब्यस्त छ , हाम्रो तीज एक महिना अगाडि बाट नै दरको नाममा रक्सीको मातमा सडकमा घिस्रन व्यस्त छ।हाम्रो तीजले आफ्नो मौलिकता भुलेको छ।हाम्रो तीजले निर्मला पन्त अनि उनकी आमा भुलेको छ। हाम्रो तीजले बम्बइको कोठरिमा थुनिएकी नारिको आँसु भुलेको छ। हाम्रा तीज गीतका शब्दहरुमा महिला पीडा हराएको छ।हाम्रा तीज गीतहरुमा महिला शोषण बिरुद्धको स्वर लोप भएको छ । यो खालको भड्किलो व्यवहारले महिला माथिको अत्याचार बढाउन झनै मद्दत गरेको छ।

त्यसैले, तीजलाई सहि ढङले उपयोग गर्न सकिएन भने यसले शोषक र शोषित बिचको खाडल अझै गहिरो बनाउछ। यसले समाजमा ठूलो दन्द्द निम्त्याउछ जसको प्रत्यक्ष फाइदा साम्राज्यवादि एबम विस्तारवादी मुलुकहरूले उठाउनेछन र नेपालको राष्ट्रियता,स्वाभिमान, भौगोलिक एबम सांस्कृतिक अखण्डता माटोमा मिल्ने छ। त्यसैले, सम्पुर्ण नेपाली जनताहरु सचेत भइ आफ्ना चाड पर्वहरुलाइ राष्ट्रिय हितमा उपयोग गर्नु आजको प्रमुख आवश्यकता हो।

पाण्डे रक्तिम सांस्कृतिक अभियानका पुर्ब केन्द्रिय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *