तथ्यमा रहेर बहस गरौं-सांसद पदम गिरी

Featured गण्डकी प्रदेश राजनीति विशेष समाचार समाज

३ मंसिर २०७७, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता एवम् प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले पार्टी विवादको विषयमा बोल्दै तथ्यमा गएर बहस गर्न आग्रह गरेका छन ।

हाल केपी शर्मा ओलीले सरकारको नेतृत्व र अध्यक्ष पद छोडनु पर्ने भनि ओली इतरका नेताहरुले माग गरि रहदा सांसद गिरीले प्रश्न गर्दै अघि भनेका छन सरकार ढाल्नु पर्ने र अध्यक्ष फाल्नु पर्ने कारण के होला ? राष्ट्रीयता को मामिलामा कमजोर भएर ? देशको अर्थतन्त्र कमजोर दिशामा लगेर ? संघियता कार्यान्वयन नगरेर ? पुर्वाधार बिकासमा काम नगरेर? कि ब्यक्तिका सत्ता स्वार्थ नपुगेर?

केपी शर्समा ओली नेतृत्वको सरकार राष्टियताको सवाल, संघियता कार्यान्वयन र विकासको कार्यमा अब्बल रहेको संकेत गर्दै केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने र पार्टीको अध्यक्षमा निरन्तरता हुनु पर्नेमा सांसद गिरीले जोड दिएका छन ।

सांसद गिरीको ट्वीट

Leave a Reply

Your email address will not be published. Required fields are marked *