जिउँदै मान्छे जलाउने पूर्व मन्त्री आलमलाई पूर्पक्षका लागि थुनामा

समाचार

पाेखरा, कात्तिक २९-

जिल्ला अदालत रौतहटले पूर्व मन्त्री आफताब आलमलाई पूर्पक्षको लाथि थुनामा राख्ने आदेश गरेको छ । रौतहटको फरदवामा बाह्र वर्ष अगाडि भएको घटनाको बम विष्फोट, कत्र्तब्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको जिल्ला अदालतले जनाएको छ । अदालतको आदेशमा मिसिलसँग संलग्न प्रमाणबाट प्रारम्भिक रुपमा आलमको संलग्नता देखिएको भनिएको छ ।

जिल्ला अदालतको आदेशपछि आलम फैसला नभएसम्मका लागि थुनामा गएका छन्। तर उनीहरू त्यसविरुद्ध उच्च हुँदै सर्वोच्चसम्म जाने बाटो भने बाँकी रहेको छ। आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय, रौतहटले गरेको थियो। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्नेसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको थियो। त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरिएको छ। पूर्वमन्त्रीसमेत रहेका आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *