सम्मानित अदालतबाट कैद,दण्ड,जरिवाना तोकि फरार रहेका चोरी मुद्धाका प्रतिबादी जिल्ला सिन्धुपाल्चोक साबिक बाँडेगाउँ गा.बि.स.वडा नं. ८ हाल इन्द्रवती गा.पा. वडा नं.५ बस्ने बर्ष ४४ को बम बहादुर भन्ने बद्री बहादुर कटुवाल गाँउघरमा लुकि छिपि वसेका छन् भन्ने विशेष सुचनाको आधारमा फैसला कार्यान्वयन अन्तर्गत यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज प्रतिवादीको खोजतलास गर्दै जाँदा मिति २०७५।११।१० गते साँझ १८:३० वजेको समयमा निजको घर वतनमा फेला पारी निजलाई पक्राउ गरि मिति २०७५/११/११ गते प्रतिवेदन साथ यस कार्यालयमा दाखिला गरेकोमा निज प्रतिबादीलाईआज मिति २०७५/११/१२ गते सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरेकोमा निज प्रतिबादीको १/१०/२६ ( एक बर्ष दश महिना छब्बिस दिन ) कैद भुक्तान गर्नु पर्ने देखिएकोले सो कैद भुक्तानको लागी कारागार शाखा सिन्धुपाल्चोकमा पठाएको ।
साथै सम्मानित अदालतबाट कैद दण्ड जरिवाना तोकी फरार रहेका अन्य प्रतिबादीहरुको समेत फैसला कार्यान्वय अन्तरगत यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास कार्य जारी राखेको ।