चीनका राष्ट्रपति सी जिनपिङले नेपालसँगको सीमापार रेलमार्ग र केरुङ–काठमाडौं सुरङ मार्ग

विशेष समाचार

काठमाडौं, २५ असोज :  चीनका राष्ट्रपति सी जिनपिङले नेपालसँगको सीमापार रेलमार्ग र केरुङ–काठमाडौं सुरङ मार्ग निर्माणका लागि चीन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रपति सीले नेपाल अब भूपरिवेष्ठित राष्ट्र नरहने भन्दै केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन तत्काल सुरु हुने बताए ।

शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन चीन सक्रिय हुने बताए ।

राष्ट्रपति सीले बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गरेर नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्ने बताए ।

उनले भने, ‘हामीले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं । बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।

राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *