चट्याङबाट एक जनाको मृत्यु

Featured विशेष समाचार समाज

परशुराम, ८ माघ : डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । आलिताल गाउँपालिका–५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन् । दुवैलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ ।

 

-(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *