गोंगबुमा गोली चल्यो, हतियार कारोबारी पक्राउ

Featured विशेष समाचार

८ माघ, काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुमा गोली चलाएर एक जना हतियार कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका अभिलास तामाङ छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी वसन्त लामाले प्रहरीमाथि जाइलागेपछि गोली चलाउने परेको  बताए ।

उनका अनुसार गोंगबुको होटल नक प्रा.लि.मा हतियारसहित हिँडिरहेको सूचना पाएपछि परिसरबाट गएको टोलीसँग उनको जम्काभेट भएको थियो ।

त्यसक्रममा तामाङमाथि गोली प्रहार हानिएको हो । उनको खुट्टामा गोली लागेको छ ।

उनलाई उपचारका लागि अस्पताल लाने काम भइरहेको प्रहरीले बतायो ।

गोंगबुस्थित हतियार कारोबारी भएको आशंकामा एकजनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाईलागेको भन्दै प्रहरीले गोली चलाएको छ।

मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो।

तामाङको खुट्टामा गोली लागेको छ। प्रहरीले उनको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद गरेको जानकारी महानगरीय प्रहरी प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *