बसले किचेर पिप्लेका १५ वर्षीय विश्वास थापाको मृत्यु

गण्डकी प्रदेश समाचार

दमौली, २७ पुस (रासस) ः तनहँुमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहँुको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *