गैसस महासङ्घको अध्यक्षमा लामा

विशेष समाचार

काठमाडौँ, १६ मङ्सिर 

गैरसरकारी संस्था महासङ्घको अध्यक्षमा जीताराम लामा निर्वाचित हुनुभएको छ ।

आज यहाँ सम्पन्न महासङ्घको नवौँ केन्द्रीय अधिवेशनले वरिष्ठ उपाध्यक्षद्वयमा ध्रुवप्रसाद देव र सुमित्रा सुवेदी, महासचिवमा रामप्रसाद सुवेदी, कोषाध्यक्षमा विष्णु थकालीसहित ४८ सदस्यीय केन्द्रीय समिति चयन गरेको महासङ्घले जनाएको छ । अधिवेशनमा सातै प्रदेशका ७७ जिल्लाका करीब ९०० प्रतिनिधिले भाग लिएका थिए । (रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *