गुफाडाँडामा मनाईयो राष्ट्रिय जलवायु दिवस

समाचार

सिन्धुपाल्चोक। गिुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका उपप्रमुख तथा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तामाङले वातावरण प्रतिकुल हुने खालको काम गरेकै कारणले अहिले प्राकृतिक विपत्ति भोग्नुपरेको बताउनुभयो ।

प्रमुख अतिथि तामाङले मानवीय क्रियापलापकै कारण प्राकृतिक विपत्ति आएको भन्दै अब सचेत हुनुपर्ने बेला आएको र नेपाली समाज एकढिक्का भएर अन्तराष्ट्रिय समुदायलाइ खबरदारी गर्न सक्नपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गुफालाइ पर्यटकीय स्थल बनाउन जिल्ला समन्वय समितिले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा वागमती प्रदेश सभाका प्रदेश सांसद इन्द्रमाया गुरुङ, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, इन्द्रावति गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

गत वर्षहरुमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको कार्यक्रममा कोभिड १९ का कारण यस वर्ष न्युन उपस्थिति रहेको थियो ।

२०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं। ९ गुफाडाँडामा यस वर्ष दोस्रो जलवायु दिवस तथा अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *