पोखरा, २०७७ फागुन ४ गते, गण्डकी प्रदेश सरकार मातहत पर्वत जिल्लाका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय छनौट भई नगद र प्रमाणपत्र सहित पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारको तेश्रो वार्षिकोत्सव समारोहमा आज एक कार्यक्रम बीच कृषि ज्ञान केन्द्र, पर्वतका कार्यालय प्रमुख श्री मनिता थापालाई गण्डकी प्रदेशका क्रमश माननीय प्रदेश प्रमुख अमिक शेरचन, माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र माननीय सभामुख नेत्रनाथ अधिकारीले संयुक्तरुपमा नगद रु २०,०००।– र प्रमाणपत्र सहित पुरस्कृत गरेको हो ।
गण्डकी प्रदेश सरकारले नमूना कार्यालय मापदण्ड-२०७६ अनुसार नमूना कार्यालय छनौटका ६ ओटा आधार तथा सूचक अनुसार १०० अङ्कभारमा भित्र रहि गण्डकी प्रदेश मातहतका कार्यालयहरु स्थलगत निरीक्षण गरी नमूना कार्यालय छनौट गरेको थियो ।
कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख मनिता थापालाई बधाई दिदै छोटो प्रतिक्रिया लिदा उहाँले कृषि ज्ञान केन्द्र पर्वत गण्डकी प्रदेश मातहतका पर्वत जिल्लाका कार्यालय मध्येबाट पुरस्कृत भए सँगै कार्यालयको सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा थप चुनौती सँगै सेवाग्राही सन्तुष्टीमा थप जिम्मेवार बनाएको कुरा व्यक्त गर्नु भयो ।