गण्डकीका स्वास्थ्य निर्देशनालय प्रमुख घूसहित पक्राउ

Featured विशेष समाचार समाज

अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा प्रमुख डा तारानाथ पौडेललाई घूससहित पक्राउ गरेको छ । उनी स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहमा कार्यरत थिए ।

डा. पौडेललाई १ लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । उनले जागिर लगाइदिन्छु भनी घूस लिएको अख्तियारले जनाएको छ ।

डा. पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकसमेत भएका थिए । महानिर्देशक हुनका लागि पनि उनले आर्थिक चलखेल गरेको आरोप लागेको थियो । पछि सर्वाेच्चले पुरानै महानिर्देशकलाई थमौती गरिदिएको थियो ।

 

– नेपालदूत

Leave a Reply

Your email address will not be published. Required fields are marked *