‘कोही पनि नेपाली स्वास्थ्य सेवाबाट वञ्चित नहुने’

Featured विशेष समाज स्वास्थ्य

भक्तपुर, ४ पुस (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले कोही पनि नेपाली स्वास्थ्य सेवा र सुविधाबाट वञ्चित हुने स्थिति आउन नदिइने बताउनुभएको छ ।

बोडेस्थित कृषि तालीम केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समीक्षा कार्यक्रमको समापन गर्दै उहाँले मन्त्रालयले नेपालका सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई प्रविधि विस्तार गरी सेवासुविधा प्रभावकारी बनाउने जानकारी गराउनुभयो ।

समीक्षा कार्यक्रमको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्दै प्रभावकारी स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । देशभरका सरकारी अस्पताल र स्वास्थ्य संस्थाको सेवा प्रभावकारी नभएको गुनासो बढेकाले त्यस्ता स्वास्थ्य संस्थाको अनुगमन गरी सेवा प्रभावकारी बनाइने उहाँले उल्लेख गर्नुभयो । सो समीक्षा कार्यक्रमबाट कुनै पनि बिरामीले स्वास्थ्य सेवाबाट वञ्चित हुने स्थिति आउन नहुने निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *