कृषि ज्ञान केन्द्र स्थापनाको लागि बागलुङ नपालाई भवन छोडन मुख्यमन्त्री कार्यालयको निर्देशन

Featured कृषि गण्डकी प्रदेश विशेष समाज

पोखरा, १२ पौष २०७७,  प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने गण्डकी प्रदेशको योजनानुसार बागलुङ जिल्लामा पनि कृषि ज्ञान केन्द्र, बागलुङ स्थापना हुने भएको छ । तर साविक जिल्ला कृषि विकास कार्यालय, बागलुङको भवन परिसर भने बागलुङ नगरपालिकाको कार्यालयले कब्जा गरि नगरपालिकाको मुख्य प्रशासनीक कामकाज नै सोही कृषिको परिसरबाट हुदै आएको छ ।

यता गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र, बागलुङको लागि हालै मात्र कार्यालय प्रमुखको रुपमा भानुभक्त भट्टराई लाई जिम्मेवारी दिएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको च.नं ७०७ मिति २०७७/०९/०६ गतेको पत्रानुसार नयाँ कार्यालय स्थापना प्रयोजनार्थ उक्त भवन छोडन बागलुङ नगरपालिकाको नाममा पत्र काटेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशले बागलुङ नगरपालिकालाई भवन छाड्न काटेको पत्र

साथै बागलुङका दुरदराजका कृषक भने कृषिको सेवा बागलुङ जिल्लाबाटनै पाउने र साविककै कृषिमै कार्यालय स्थापना हुने खबरले निकै उत्साही भएका छन । बागलुङ नगरपालिकाले समयमै कार्यालय परिसर कृषि ज्ञान केन्द्र, बागलुङ स्थापनाको लागि खाली गर्नु पर्ने कुरामा जोड दिएका छन । बागलुङ जिल्लाका अगुवा कृषकहरुले साविक जिल्ला कृषि विकास कार्यालय, बागलुङको परिसर समग्र बागलुङ जिल्लाको १० ओटै पालिकाको भएकोले बागलुङ नगरपालिकाले कृषकको हितको लागि भवन खाली गरि कृषि ज्ञान केन्द्र स्थापनाको लागि सहजिकरण गर्नु पर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *