कृषि ज्ञान केन्द्र पर्वतका प्रमुुख रेग्मी निजामती सेवा पुरस्कार बाट पुरस्कृत

Featured कर्मचारी कृषि विशेष समाचार समाज

पर्वत– लामो समयदेखि पर्वतमा कार्यरत कृषि ज्ञान केन्द्र पर्वतका कार्यालय प्रमुख बासुदेव रेग्मी पुरस्कृत हुनुहुने भएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा रेग्मी रु ५० हजार रुपैया राशीको निजामती सेवा पुरस्कारवाट पुरस्कृत हुन लाग्नुभएको छ ।
प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुमा उत्कृष्ट कार्यालय प्रमुखको रुपमा कार्य गरेको भन्दै उहाँलाई पुरस्कार दिने घोषणा गरिएको हो । उक्त पुरस्कार एक समारोहको आयोजना गरि वितरण गर्ने प्रदेश सरकारको तयारी छ ।


रेग्मी विगत ७ वर्षदेखि निरन्तर पर्वतमा कार्यरत रहनुभएको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालय र विगत दुई वर्ष देखि पर्वत र बागलुङ जिल्ला हेर्नेगरी प्रदेश मातहत रहेको कृषि ज्ञान केन्द्रको प्रमुख रहनुभएको छ ।
रेग्मी पर्वतमा सरुवा भएर आएदेखिनै कृषिमा व्यावसायिकरणको शुरुवात भएको हो । अहिले जिल्लामा व्यावसायिक रुपमा लाग्ने कृषकहरुको संख्या समेत उल्लेख्य मात्रामा बढ्दै गएको छ । पछिल्लो समय कृषि ज्ञान केन्द्रले विभिन्न अनुदानका कार्यक्रमहरु अघि सारेपछि व्यावसायिक तरकारी, फलफुल, माछापालन लगायत अन्नवाली उत्पादनमा समेत युवायुवतीहरुको आकर्षण बढ्दै गएको छ । उहाँ गत वर्ष पनि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयवाट पुरस्कृत हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *