कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख रेग्मी उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत

Featured कर्मचारी कृषि विशेष समाचार समाज

पर्वत /कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मी भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश सर्बोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएको छ ।
मन्त्रालयबाट गत बर्ष सञ्चालित कार्यक्रमहरुमा लक्ष्य अनुसार प्रगति हासिल गराउन सफल भएको भन्दै रेग्मीलाई पुरस्कृत गरेको हो ।
प्रमुख रेग्मीलाई भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र सचिब दुर्गाप्रसाद दवाडीले प्रमुख रेग्मीलाई सम्मानित गर्नुभएको थियो । आफ्नो कामको मुल्यांकन गरेर पुरस्कृत गर्दा काम गर्ने मनोवल उच्च भएको प्रमुख रेग्मीले बताउनुभयो । उहाँले अझै ब्यबसायिक कृषिको बिकास गर्नका लागि आफुँ प्रयत्नशिल रहने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार ग्रहण गर्दै प्रमुख बासुदेव रेग्मी

रेग्मी संगै बाली संरक्षण प्रयोगशाला प्रमुख धनबहादुर राना र रेशम बिकास कार्यक्रम प्रमुख बिनोद हमाललाई पनि मन्त्रालयले पुरस्कृत गरेको छ ।
कृषिज्ञान केन्द्र पर्वतले गत आर्थिक बर्षमा ढिलो कार्यालय स्थापना भएपनि ९० प्रतिशत भन्दा बढी प्रगति हासिल गरेको थियो । कार्यालयले पर्वत तथा बागलुङ्ग जिल्ला कार्यक्षेत्र रहेको ज्ञानकेन्द्रले ९२ प्रतिशत बित्तीय प्रगति र ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ । एक बर्षमा बागलुङ्ग र पर्वतमा ७७ वटा मोडल फर्मको बिकास गरेको छ भने २० जना कृषकलाई प्राङ्गारिक कृषि बनाउन सफल भएको छ । यसैगरी फलफुल र माछापालन, २१ जनाले ग्रिन हाउस बनेका छन भने ५१ वटा साना सिंचाई योजना सम्पन्न भएका छन ।
बरिष्ठ कृषि बिकास अधिकृत रेग्मी २०६९ सालमा जिल्ला कृषि बिकास कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा भएर आउनुभएको थियो । उहाँले आफनो कार्यकालमा पर्वत जिल्लामा मात्रै ४ सय भन्दा बढी ब्यबसायिक कृषकहरु बनाउन र कृषिलाई ब्यबसायिक बनाउन महत्वपुर्ण भूमिका खेल्नुभएको छ ।

Source : Newsdabli

Leave a Reply

Your email address will not be published. Required fields are marked *