कास्की, माघ ८:
जिल्ला वाग्लुङ वडीगार्ड गाँउपालिका बडा नं ८ घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं २६ अघौं डेरा गरी बस्ने बर्ष ४२ को स्नेहा भन्ने सरिता कुमारी रानाले मेरो परिवार लण्डनमा छ भनि पोखरा लेखनाथ महानगरपालिका बिभिन्न स्थान बस्ने बिभिन्न चिनजानका व्यक्तिहरुलाई घर जग्गा खरिद गर्न, जग्गा संग घर साटी दिने जस्ता बिभिन्न प्रलोभन देखाउने तथा, आफूलाई आपत प-यो ऋण दिनुहोस भनि अन्दाजी २ करोड ५० लाख रकम सापटी मागी निज ब्यक्तिहरुलाई रकम फिर्ता नदिई ठगी गरी फरार भएको भनी पिडित व्यक्तिहरुको मौखिक तथा लिखित उजुरी यस कार्यालयमा प्राप्त भए पश्चात यस कार्यालयबाट सुक्ष्म रुपमा निजको खोज तलास गर्दै जादा जिल्ला काठमाण्डौ दरबारमार्ग बाट पक्राउ गरी निजलाई यस कार्यालय ल्याई सम्मानित उच्च अदालतबाट वैकिङ कसुर मुद्धामा म्याद थप अनुमति लिई गरी अनुसन्धान भईरहेको ।
हालसम्म अनुसन्धानबाट खुलेका बिषयहरु
1) उच्च महत्वकांक्षा । ( फ्लाट भाडामा लिई काम गर्ने ब्यक्ति,पाईभेट
कार तथा डाईभर समेत राखी बसेको )
2) निजको परिवार समेत कोही पनि लण्डनमा नभएको खुल्न आएको
।