काङ्ग्रेस बैठक शुरु

राजनीति समाचार

काठमाडौँ, १३ मङ्सिर

विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल शुरु भएको पार्टी कार्यालयले जनाएको छ ।

यसअघि मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएको थियो । यसअघिको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो । काङ्ग्रेसले मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधान समयानुकूल परिमार्जन गर्न महामन्त्री खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

काङ्ग्रेसले विधान परिमार्जनका लागि यही मङ्सिर २८ देखि पुस ३० गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्य समितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *