कंचनपुरमा हुन पर्ने सरकार , क्रिस्चियनको प्रचार प्रसार गर्ने एनजीओंको कार्यक्रम :

Featured राजनीति समाचार

क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल पिस फेडरेसन (युपीएफ)को नेपाल शाखाले मंसिर १४ देखि १७ गतेसम्म प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौंमा सम्मेलन गर्दैछ, जसमा सरकार र संघीय संसद सहआयोजक छ । द एसिया प्यासिफिक समिट २०१८ मा सरकार सहआयोजक बनेकोमा प्रमुख विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ ।

‘द एसिया प्यासिफिक समिट २०१८’ नाम दिइएको कार्यक्रममा युपीएफका संस्थापक फादर मुन (डा. सन म्योङ मुन) की श्रीमती डा. हाक जा हान मुनलाई ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पत्रकार सम्मेलन गरी कञ्चनपुरमा भेटिनुपर्ने सरकार आईएनजीको कार्यक्रममा भेटिएको टिप्पणी गरे ।

छोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै धर्नार्मा बसेका बुवाको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै उनले भने ‘मैले दुई दिनअघि पत्रकार सम्मेलन गरी सरकार कहाँ छ ? भनेको थिएँ । मैले सरकार एनजीओको कार्यक्रम भेटेँ । एउटा एनजीओ आयोजक र सरकार सहआयोजक हुने कति लज्जास्पद

निश्चित धर्म प्रचारका लागि समेत सम्मेलन हुन लागेको सुन्न आएको भन्दै उनले मुलुक धर्म्निरपेक्ष भएको नविर्सन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
े आफूले प्रधानमन्त्रीका सल्लाहकार र सांसद सचिवालयका महासचिवलाई समेत फोन गरेर यसबारे ध्यानाकर्षण गराएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *