स्वरूप परिवर्तन (मोडिफाई) गरी समाजमा होहल्ला मच्चाई ध्वनी प्रदुषण गर्ने ६८१ वटा मोटरसाइकल नियन्त्रणमा

समाचार

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा मिति २०८०।०५।२५ गते देखी स्वरूप परिवर्तन (Modified) गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो समेत निकाल्ने मो.सा.हरू नियन्त्रणमा लिई कारवाही गर्दै आई रहेको जानकारी दिएको  छ । स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकल हरूलाई कारबाही गर्ने कार्य सूचारू गरे पश्चात आज मिति २०८०।११।२० गतेसम्म ६८१ वटा मोटरसाइकल  नियन्त्रणमा लिई कारबाही गरिएको र जरिवाना रू.७,४२,७००।सङ्कलन भएको जानकारी दिएको छ। 

समाजमा होहल्ला गर्दै मोटरसाइकल पड्काउदै हिड्ने तथा ध्वनी प्रदुषण गर्ने कार्य बढिरहेको भन्ने अत्याधिक जनगुनासो प्राप्त हुन आएको हुँदा पुन: मिति २०८०।११।१७ गते देखि २० गतेसम्म कडाईका रुपमा चेकजाँच गरी स्वरूप परिवर्तन (मोडईफाई) गरिएका मो.सा.हरू ५९ थान नियन्त्रणमा लिई आवस्यक कारबाहीको लागि यस जिल्ला प्रहरी कार्यालयमा ल्याई थियो । स्वरूप परिवर्तन गरिएका मोटरसाइकल हरू मध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीको लागी यातायात कार्यालय कास्कीमा पठाउने तथा पहिलो पटकमा परेकाहरूलाई मोडीफाई गरिएका सामानहरू फेर्न लगाई पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिबाना गरी अभिभावकको जिम्मा लगाई छाडिने छ । साथै उक्त कार्य गर्ने गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप संचालकहरू समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाईनेछ जनाएको छ ।

कानूनी कारवाही :- सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न वा घटाउन रंग परिवर्तन गर्न नपाईने व्यवस्था रहेको  छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *