ए हजुर सुनिदिनुस हाम्रो पीडा…

साहित्य

-चन्द्र भट्ट

मेरो नाम खसी हो । पुर्व मेची देखि पश्चिम महाकाली सम्म हाम्रा विभिन्न किसिमले परापुर्व काल देखि बसोबास चलिआएको छ । म मान्छु कि हाम्रो जात फरक होला, नाम फरक होला, अनि हाम्रो लवाई खवाई फरक हुन सक्छ तर हामी एउटै बाजे बराजुका सन्तान हौं । हाम्रो बनावट उस्तै छ अनि हाम्रो पीडा पनि। अझ सजिलो गरि भन्नु पर्दा एउटै परिवारका सदस्यहरु है । अथवा एउटै बगैंचाका फुलहरु हौं । बराबर तपाईहरु(मान्छे) जस्तै ।

कहिले काहीँ राती बाजेले कथा सुनाउदा भन्थे बाबू हेर एउटा पृथ्वी भन्ने गोला छ जहाँ एक थरी मान्छे भन्ने जात बस्छ, त्यो जात नै यस गोलाको सर्वश्रेष्ठ प्राणी हो । धेरै प्रश्नको उत्तर माग्नु थियो बाजे सङ्ग जुन तत्काल सोध्न नपाएपनी समयले उत्तर दिई रहेको छ । अनि बाजेले त्यो मान्छे भन्ने जातको बारेमा धेरै बयान गर्नु भयो । भन्नू भयो कि बाबू मान्छे भनेको त बुद्धिमान हुन्छ, विवेकशील हुन्छ, हरेका काम सोच विचार गरेर मात्र गर्छ यो जात मात्र येस्तो जात छ जो सङ्ग दिमाग छ । त्यो जातको त हामी दास हुन पाए पनि हामिले आफुलाई भाग्यमानी ठान्नु पर्छ । त्यो जात सङ्ग त हाम्रो तुलनाको कल्पना समेत गर्न मिल्दैन । कहाँ हामी चार खुट्टाले खिन्ने जनावर कहाँ नैतिकवान मान्छे । भनी हाले नि हाम्रो त तुलना नै हुदैन । मान्छेको गुणगान त गति गाए पनि कमै हुन्छ । यसरि बाजेको कथा मार्फत मान्छे भन्ने जातको यति धेरै प्रसंसा सुन्दा लाग्थ्यो आहा म पनि मान्छे नै हुन पाए कति आनन्द र सुखमय हुन्थ्यो जिवन जुन कहिले सम्भाव थिएन । त्यस दिन देखि त मैले मान्छे भन्ने जातलाई हाम्रो देवता अथवा अन्न दाता नै मान्न थालेको थिए । बिस्तारै उमेर बढ्दै गयो, अलि अलि बुझ्ने भए र मलाई मान्छे भन्ने जात कस्तो हुदो रहेछ बुझ्न मन लाग्यो ।

हामी जुन घरमा बस्थेउ त्यहाका हाम्रा अन्न अन्नदाता(मान्छे) लाई चिन्दै गए कति मिजासिलो त्यो मान्छे भन्ने जात त । हाम्रो पनि आफ्ना छोराछोरीको जस्तै नाम राखेको थियो काले,फुर्के,लाम्काने इत्यादि । दिन भरी जङ्गल घुमाउन लैजान्थे साझ परे पछि घर नै ल्याउथे अनि बाघ भालुले खान्छ कि भनी निकै नै हेर विचार गर्थे । बेलुका घरमा पनि दाम्लोले नबानिकन राख्थे । वनमा थुप्रै साथिहरु सङ्ग भेटघाट हुन्थ्यो उनिहरु सुनाउथे आफ्नो पीडा हामिलाई त कैले खुट्टामा त कहिले घाटिमा बानेर राख्छन तर हामिलाई त्यस्तो दुख नपरेको हुँदा खासै वास्ता नौ गर्थेनौ । सायद हामी सानै भयेर होला अरुको पिडामा हास्दिन्थेउ ।

समय वित्दै गयो तर पनि हाम्रो दिनचर्यामा भने खासै परिवर्तन भने भएको थिएन । म पनि अब ठुलो भैसके धेरै कुरा बुझ्ने र सम्झिने भैसके । मान्छेको बारेमा बुझ्न र मान्छे हुन पाए हुन्थ्यो भन्ने मेरो बाल मनोकाङक्षामा भने कुनै बदलाब आएन । अझै पनि म इश्वर सङ्ग प्रार्थना गर्छु कि हे भग्वान मलाई मान्छे बनाइ देउ। यसरी दिन रात, हप्ता महिना गर्दै कयौं वर्ष बिते । जिवनले वयस्क अव्स्थामा पनि प्रवेश गरि सकेको थियो । जिवनको यस क्षणमा आएर मलाई मानिस भन्ने जातको बारेमा यस्ती तितो सत्य कुरा थाहा भयो जस्ले मलाई मान्छे प्रतिको आस्था अनि विश्वास पुरै हराएर केवल घृणा मात्र मेरो मस्तिष्कमा राखिदियो । र मलाई मान्छे जस्तो हुनुभन्दा यस्तै खसी (जनावर) हुनु मा नै गर्व लाग्न थाल्यो ।

एक दिनको कुरा हो हामी बस्ने घरमा धेरै मान्छेहरु जम्मा भएका थिए । बालबच्चा, बुढापाका, महिला, युवा सबै । एक प्रकारले सबैको मुहारमा चमक र खुसी मात्र थियो । येस्तो आभास हुन्थ्यो कि एस घरमा कुनै ठुलै चाडपर्व नै पो छ कि । सबै आउथे रमाईला कुरा गर्थे, साहीमजाक भै नै रहेको हुन्थ्यो । सौभाग्यवस त्यस दिन हामिलाई पनि जङ्गल लगिएन र मान्छेको जिवनलाई प्रत्येक्ष रुपमा नियाल्ने अवसर पाइयो । यसरी रमाउने खुसि हुने प्रक्रिया चलिरहदा त्यो भिडभाड अनि रमाइलो वातावरणको एक हिस्सा बन्ने अवसर हामिलाई पनि बेलाबेलामा प्राप्त भै नै रहन्थ्यो । कसैले ढाड सुम्सुम्याउथे कसौले त झन काख मै राख्थे । सारै आनन्द आउथ्यो । मान्छे जस्तो जात सङ्ग मया साटासाट गर्न पाउँदा ।

अर्को दिन एका बिहानै हाम्रो बाजेलाई कोठा बाट लगेर गए मलाई लाग्यो हिजो मलाई काखमा लिएर माया गरेका थिए आज भने बाजेको पालो आएछ । म मनमनै सारै नै खुसी थिए । बिस्तारै त्यो रमाइलो दृश्य एकाएक भयानक अनि डरलाग्दो घटनामा परिणत भयो । जस्को हामिले कल्पना समेत गरेका थिएनै । कहिले रसिले नबाधेको बाजेलाई आज रसिले बाधियो । त्यही बेला एउटा मान्छे आफू भन्दा ठुलो अनि धारिलो हतितार लिएर बाजे नजिकै गयो । बाजेको नजिक भुइँमा थोरै दाना राखिदियो । मलाई लाग्यो यी दाना बजेको जिवनको अन्तिम हुन क्यारे ।

जब बाजेले ती दाना खान टाउको तल गर्नु भयो त्यति बेला त्यो मनव रुपि दानवले मेरो बाजेको कलिलो अनि निर्दोश गर्दन लाई छिन भर मै शरीर बाट अलग गरिदियो । रगताम्मे बाजेको शरीर अनि पर उछिट्टिएको टाउको त्यस माथी खुलौ अँखा रगत बगिरहेको थियो । त्यहा जम्मा भएका तमाम मानिसहरुको रमिताको पात्र बनेको थियो बाजेको मृत शरीर । सबै जना हासी रहेका थिए । हामी सङ्ग भने रुने कराउने र बिलौना गर्ने भाहेक विकल्प नै थिएन । हामी सबै जना रुदा रुदा थाकेर बसेका थियौ । त्यति नै खेर माथिल्लो घरमा रहेका बाजेका साथीलाई लिएर आए । हाम्रो डरको सिमा नाघ्यो । अब मेरा बाजेलाई जस्तै मार्ने पो हुन कि भन्ने कुराले मनमा एक किसिमको बाढी नै आयो तुफान नै चलेको आभास मलाइ भैरहेको थ्यो ।

धन्न त्यो दिन ती मल्ला घरे बाजेलाई केही पनि गरेनन र हाम्रै घरमा राखे । त्यस दिन हाम्रो सोख थियो । छिट्टै निदाई हाल्ने कलिला पाठापाठी अनि बुढी बाख्री बजै जुन रोगले ग्रसित कोइ नुदाएका थिएनौ । सबौको हालत एकै किसिमको थियो । कसैको अनुहारमा खुसी थिएन । थियी त केवल आशु अनि शोख मात्र । त्यस रात कोहि पनि निदाएनौ । ती बाजेका साथिले धेरै कुरा गर्नु भयो । रुदै भन्नू भयो हेर बाबू अब यहाँ तिमिनै छौ जान्ने बुझ्ने त्यसैले तिमिलाई नै भन्छु, यो मान्छे भन्ने जात जस्लाई तिमी आफ्नो देवता मान्छौ तिनीहरु भनेका दानवका दोस्रा रुप हुन ।

यस्ले आफ्नो सार्थ पुर्तिको लागि मान्छेको गला काट्न त पछि हट्दैन भने हामी खसी बाख्राको त के कुरा । यिनिहरुको घरमा कुनै पनि खुसिको क्षण आउँछ त्यतिबेला हाम्रो नै बलि दिन्छन र आफू खुसी हुन्छन ।

आँसु पुछ्दौ भन्नू भयो, भनी साध्य छैन बाबू यो मान्छे भन्ने जात यस्तो ढुङ्गाको हृदय भयेको छ नि मानौ पुरै क्रुर नै छन । हाम्रो घाटिलाई शरीर बाट अलग गरेर हाम्रो मृत अनि रगताम्य शरीर बाट लाभ उठाउछन । रमाउछन अनि खुसी हुन्छन । ती तमाम मान्छेहरुमा कसै सङ्ग पनि मान्छेको जस्तो कोमल मन हुदैन । तिमिहरुके त देख्यौ नि तिम्रा बाजेलाई कसरी काटे ती दुष्ट पापिहरुले । अब भोलि मलाई पनि त्यसरी नै काट्छन थाहा छ के गर्ने हामी त जाबो खसी बाख्रा न पर्यौ केही गर्न सक्दैनौ ।

आफ्नो शरीर ती पपिहरुको हातमा सुम्पिनु बाहेक । एउटा कुरा थाहा छैन होला तिमिहरुलाई यो मान्छे भन्ने जातको घरमा जैले पनि खुसिको समय आउँछ जस्तै दशै, तिहार, कसैको बच्चा जन्मियो, कसैले नयाँ घर बनायो यस्ता कुनै पनि अवसरमा हाम्रै बलि दिन्छन । त्यसो त केही न केही भै रहन्छ यी मान्छेको घरमा । तर आज भने यिनिहरुको एक ठूलो भनिने महान पर्व छ मान्छेहरुको पर्व हुनुमा हामिलाई कुनै आपत्ती छैन तर समस्याको कुरा के हो भने यी पापिहरुने हाम्रो बलि नचढाई, हाम्रो रगतको होलि नखेलि किन मनाउन सक्दैनन अथवा किन मनाउदैनन आफ्नो पर्वहरु । यस्तो बेला यिनिहरुलाई हाम्रो आत्मा, हाम्रो पीडा, हाम्रो भावना केहिको पनि मत्लब हुदैन । मतलब हुन्छ त केवल हाम्रो हाड छाला, मासु, रगत आन्द्राभुडी इत्यादिको मात्र ।

हेर बाबू हामी देशै भरी छरिएर रहेका हाम्रा आफन्त खसी, भाख्रा, भेडा, च्याङ्ग्रा, बोका राङगा कुखुरा, इत्यादी सबैको पिडा एउटै छ हामी सबै आफ्नो ठाउँमा पीडित नै छौ । हाम्रो जीवन भनेको त मान्छे जस्तो पापी अनि दुष्ट जातको सुख सयल र मनोरञ्जनको लाग मात्रै हो । केही मान्छे छन जसले हामिलाई साच्चिकै माया गर्छन र काट्दैनन पनि । अपसोस त्यस्ता मान्छेको संख्या एक्दमै कम छ यहाँ त्यस्ता मान्छेको घरमा बस्न पाउनु त हामी जो कोहि को पनि हुन्छौ त्यो त एकदमै भाग्यमानी नै हुन्छ । फेरि त्यस्तो भाग्री सबैको कहाँ हुन्छ र । अब सुत नानिहरु दिदी (बुढी बाख्री बजै)अब तपाईं पनि सुत्नु रात धेरै गई सक्यो । भोलि म पनि काटिनु पर्छ तिमिहरु नरुनुहोला हाम्रो जीवन यिनिहरु कै लागि हो । यो नै नियती हो । जस्लाई हामी बदल्न सक्दैनौ र सहर्ष स्विकार्नु बाहेक कुनै विकल्प पनि छैन हामी सङ्ग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *