काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल सवारी दुर्घटनामा परी घाइते भएका छन् ।
इनरुवाबाट काठमाडौँ फर्किने क्रममा बा १ झ ५१२९ नम्बरको गाडी भकुण्डेबेसिमा राति १ः३० बजे दुर्घटना हुँदा अध्यक्ष ढकालसहित अन्य दुई जना घाइते भएका छन् ।
अध्यक्ष ढकालको बायाँ हात भाँचिनुका साथै साथै खुट्टामा चोट लागेको छ । उनको निजामती अस्पतालमा उपचार भइरहेको छ ।
अर्थोवार्डका डा. कपिलमणि केसीको टोलीबाट उपचार भई रहेका अध्यक्ष ढकालको सोही अस्पतालका कन्सल्टेन्ट डाक्टर विमल थापाले अपरेसनको तयारी गरी रहेका छन् ।
निजामती कर्मचारी संगठनका उपाध्यक्ष बैकुण्ड गुरागाईको छातिमा चोट लागेको छ भने सवारी चालक सकुसल रहेका छन् ।