३१ जेठ, काठमाडौं । प्रतिनिधिसभामा पेश भएको लिम्पियाधुरा, कालापानि र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनितिक नक्सा सर्वसम्मत अनुमोदन भएको छ । आज बसेको बैठकले नयाँ नक्सअनुसार निशान छाप परिवर्तन गर्न ल्याईएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो।
बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।