नेपालको सबैभन्दा सस्तो इन्टरनेट अब पोखरा, दमौली र लेखनाथमा आइसकेको छ

समाचार सूचना-प्रविधि

नेपालको सबैभन्दा सस्तो इन्टरनेट अब पोखरा, दमौली र लेखनाथमा नेपालकै उदयमान, सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले गण्डकी प्रदेश अन्तर्गत पोखरा, दमौली र लेखनाथमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ।

काठमाण्डौमा सफलता पूर्वक सुरुवात भई सञ्चालनमा रहेको यस इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरूमा विस्तार गर्दै आएको छ । घरायसी तथा व्यापारिक ग्राहकहरूको आवश्यकताहरूलाई ध्यानमा राख्दै वाई-फाई नेपालले थुप्रै अफर तथा इन्टरनेटका प्याकेजहरू ल्याएको छ। छिटो तथा भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने दृणताका साथ, नेपालीहरूलाई एक आपसमा जोड्नका लागि मद्दत गर्न वाई-फाई नेपाल प्रतिबद्ध छ। अब पोखरा, दमौली र लेखनाथका ग्राहकहरूले सुपथ मूल्यमा वाई-फाई नेपालको छिटो तथा भरपर्दो इन्टरनेट सेवाको मजा लिन सक्नेछन् । वाई-फाई नेपालबाट अहिले ५० एम. बि. पि. एस. स्पीडको इन्टरनेट रु. ३३३ प्रति महिना तथा ८० एम. बि. पि. एस. स्पीडको इन्टरनेट रु. ५०० प्रति महिना (मू. अ. कर बाहेक) लिन सकिनेछ । ३ माघ २०७९, मंगलबार “मास्कट रेस्ट्रो, खाख्रे, पोखरामा” पत्रकार सम्मेलनमा कम्पनीद्वारा सो सेवा विस्तारका बारे जानकारी दिइएको थियो। कम्पनीका कार्यकारी अधिकृत शत्रुधन पञ्जियारका अनुसार नेपालका थप गाउँ तथा शहरहरूमा उच्च गुणस्तरको वाई-फाई नेपालको सेवा विस्तार गर्न पाएकोमा वाई-फाई नेपाल परिवार उत्साहित छ । अहिलेको विश्वमा छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता र महत्व धेरैनै हुनेभएको उनी बताउँछन्। नेपालमा थप धेरै ग्राहकहरूमाझ किफायती तथा भरपर्दो इन्टरनेट सेवा पुर्याउने हेतुले थप कामहरू गर्ने कम्पनीको उद्देश्य अनुसार वाई‍-फाई नेपालको विस्तार पोखरा, दमौली र लेखनाथमा भएको छ। कम्पनीले आउँदा दिनहरूमा थप शहर तथा गाउँहरूमा विस्तार गर्ने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *