नेता ज्यु,” हाम्रो बाटो कसले खायको, कता हरायो “

गण्डकी प्रदेश राजनीति समाचार

पोखरा ।                                                                               बिगत ४ बर्षमा पनि पोखरा २१मा रहेको फुस्रेखोला रामदी मट्टीखान देउराली सडक निर्माण नगरेको र यस बिषयमा कुनै राजानितिक पार्टिका नेताले पनि यस विषयमा कुनै ध्यान नदिएको भन्दै फुस्रेखोला रामदी मट्टीखान देउराली सडक उपभोक्तद्वारा गठन गरिएको स्वतन्त्र समाज सुधार युवा शक्ति रामदी मट्टीखानले विविन्न राजनितिका पार्टीका जिल्ला अध्यक्षको तस्बिर सार्वजनिक गरि बिरोध जनाएका छन्।                    त्यस्तै गण्डकी प्रदेश सभा सदस्य कृष्ण बहादुर थापा र संघिय सभासद विद्या भट्टराई अधिकारिलाई चुनाव जितेर गए पछि यस ठाउँमा र यस क्षेत्रको विकास निर्माणमा कुनै चासो नदिएको र केहि आफ्ना कारेक्रताको मात्र विकास भएको भन्दै लेखेका छन्।  “माननिय मन्त्रीज्यू भोट माग्न आउँदा  पिच बाटोबाट आउनुहोला धुलो र हिलो बाटोले तपाईंलाई समस्य  हुनसक्छ “।

२०८४ असार २८ गते सम्झौता भएको बाटो ४ बर्ष सम्म पनि बाटो निर्माण नगरि अलपत्र पारि  छाडिएको छ।विविन्न राजनितीक पार्टीका नेताहरुलाई यस विषयमा ज्ञापनपत्र बुझाई सकिएको छ भने सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि यस विषयमा पत्र पठाईएको छ ।

यस विषयमा अझै गम्भीर नभएमा आउदै गरेको स्थानीय चुनावमा नो रोड नो भोट कार्यक्रम अझ ससक्त रुपमा लाने र बाटो बन्ने सुनिश्चित नभए प्रदेश तथा संघीय चुनाव समेत बहिष्कार गर्ने निर्णय गरेको स्वतन्त्र समाज सुधार युवा शक्तिले बताएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *