TB free world को आयोजनामा ”WHO 1+1 Youth Initiative”बिषयक एक दिने कार्यशाला सम्पन्न

Featured गण्डकी प्रदेश समाचार स्वास्थ्य

TB free world को आयोजनामा ”WHO 1+1 Youth Initiative”बिषयक एक दिने कार्यशाला सम्पन्न
भएको छ । गण्डकी प्रदेशलाई क्षयरोग मुक्त बनाउन, गण्डकी प्रदेशमा रहेका युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले
आयोजना गरिएको कार्यक्रममा ला ग्राण्डी इन्टरनेसनल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज र पोखरा
विश्वविद्यालय केन्द्रिय क्याम्पसका बिभिन्न संकायमा अध्ययनरत गण्डकी प्रदेश लगायत अन्य प्रदेशका बिभिन्न जिल्लाका
२९ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
विश्वभरमा ७ औं प्रमुख मृत्युको कारणको रुपमा रहेको क्षयरोगले उत्पादनशिल युवाहरुलाई संक्रमित गरिरहेको अवस्थामा
क्षयरोग नियन्त्रणमा युवाहरुको महत्वपुर्ण भुमिका रहने तथ्यलाई मध्यनजर गर्दै यस TB free world ले युवाहरुलाई
क्षयरोग नियन्त्रणका लागी परिचालन गर्दै आइरहेको छ ।
यो कार्यक्रम Himalayan Readers’ Corner,  न्युरोड, पोखरामा आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *