सामाजिक सञ्जालको दुरुपयोगः र्दुव्यसनको सिकार

Featured समाचार सूचना-प्रविधि

२०७७ वैशाख १७ गते, पाेखरा

संजीव अधिकारी(सोमनाथ)

अहिलेको युग सुचना, संचार र प्रविधिको युग हो । इन्टरनेट र प्रविधिको प्रयोगबिना आजको समयमा कोहिपनि अलग रहन गाह्रो छ । आजकल दैनिक लगभग सबैजसो कामकाज मा इन्टरनेट र प्रविधिको प्रयोग हुने गरेको छ । टाढा रहेका आफन्त सँग भलाकुसारी गर्न होस् या घरायसी महशुल तिर्न, अनलाइन गेम खेल्नको लागि होस् या घर बसि बसि बिभिन्न सामान, खानेकुरा मगाउन, मनोरञ्जन गर्न र सरकारी कामकाजमा समेत इन्टरनेट र प्रविधिको प्रयोग हुने गरेको छ । यसको प्रयोगले मानिसलाई दैनिक कामकाजमा सजिलो हुदै गइहेको छ । साथै यसले गर्दा यसको प्रयोग पनि दिनानु दिन बढ्दै गइरहेको छ ।
कम्प्यूटर र इन्टरनेटको बिकाश
सन् १९६५ मा कम्प्यूटरको आविष्कार र सन् १९८२ र १९९१ मा क्रमशः TCP/IP को विकाश र इन्टरनेटलाई सार्बजनिक प्रयोगको लागि खुल्ला गरिएसँगै बिश्व नै साघुँरो बन्न पुग्यो । त्यसपछि बिकसित भएका बिभिन्न सामाजिक सञ्जालका एप तथा बिभिन्न गेमका एपहरुको साथै बिशेष कामको लागि मात्र प्रयोग गरिने इन्टरनेटमा सामान्य मानिसको पनि पहुँच पुग्न थाले सँगै संसारमा ईमेल इन्टरनेटको प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्न गएको बिगत का दशकको आँकडा ले देखाएको छ ।
विश्वमा इन्टरनेट र सामाजिक सञ्जालको स्थिति
पछिल्लो समय सन् २००० पछि फेसबुक, इन्स्टाग्राम, ट्विटर, हाई५ जस्ता सामाजिक सञ्जालको बिकासले दिन दुई गुणा रात चार गुणाका दरले यसका प्रयोगकर्ताको संख्यामा बृद्घि भइरहेको छ । सन् २०२० को तथ्याङ्क अनुसार बिश्वको कुल जनसंख्याको ५९ प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचमा रहेको देखिएको छ र बार्षिक ७ प्रतिशतका दरले यसको नयाँ प्रयोगकर्ताको संख्या बृद्घि भईरहेको छ । त्यस्तै मोबाइल डाटाको प्रयोगकर्ताको संख्या जम्मा इन्टरनेट प्रयोगकर्ताको संख्याको ९२ प्रतिशत रहेको छ । जसमा सामाजिक सञ्जालको सक्रिय प्रयोगकर्ताको संख्या ४९ प्रतिशत रहेको छ – बार्षिक ९.२ प्रतिशतका दरले सामाजिक सञ्जालको नयाँ प्रयोगकर्ताको संख्या बृद्घि भईरहेको छ) । विश्वको कुल इन्टरनेट प्रयोगकर्ता मध्ये ९० प्रतिशत व्यक्ति बिभिन्न भिडियो हेर्न इन्टरनेटको प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर जस्ता सामाजिक सञ्जालको योगकर्ताको संख्या तलको तालिकामा देखाइएको छ ।

क्र.सं     सामाजिक सञ्जाल (विश्व)    संख्या (विलियनमा)
१              फेसबुक                                २.४५
२              यु ट्युब                                  २.००
३             इन्स्टाग्राम                               १.००
४             टिकटक                                  ०.८०
५             ट्विटर                                        ०.३४

नेपालमा इन्टरनेट र सामाजिक सञ्जालको स्थिति
नेपालको परिप्रक्षमा हेर्ने हो भने सन् २०२० जनवरीको डाटा अनुसार कुल जनसंख्याको ३५ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा रहेका छन् र बार्षिक ३.२ प्रतिशतका दरले यसको नयाँ प्रयोगकर्ताको संख्या बृद्घि भईरहेको छ । जसमा सामाजिक सञ्जालको सक्रिय प्रयोगकर्ताको संख्या ३५ प्रतिशत रहेको छ (बार्षिक ९.६ प्रतिशतका दरले सामाजिक सञ्जालको नयाँ प्रयोगकर्ताको संख्या बृद्घि भईरहेको छ) । त्यस्तै सामाजिक सञ्जालका प्रयोगकर्ताको स्थिति तलको तालिकामा देखाइएको छ ।

क्र.सं        सामाजिक सञ्जाल (नेपाल) संख्या (मिलियनमा)
१                     फेसबुक ९.९०
२                     यु ट्युब ६.५
३                     इन्स्टाग्राम १.२०
४                     लिङ्कडिन ०.७४
५                     ट्विटर ०.२८

माथिको विवरण अनुसार फेसबुक को प्रयोगकर्ता सबैभन्दा बढि रहेका छन् भने दोश्रो मा यु ट्युबका र बाकि अन्य एप प्रयोगकर्ता रहेका छन् ।
नेपालमा अहिलेको समयमा सामाजिक सञ्जालको रुपमा फेसबुक, यु ट्युब, इन्स्टाग्राम, टिकटक, ट्विटर तथा अनलाईन गेममा पवजी अत्यधीक प्रयोग हुने गरेको बिभिन्न अनुसन्धानले देखाएको छ । सामाजिक सञ्जालको प्रयोगकर्ताको रुपमा लगभग सबै उमेर समुहका व्यक्ती रहेका छन् भने पबजी गेमको सन्र्दभमा भने युवा पुस्तामा यो निकै लोकप्रिय रहेको छ । बिद्यालय र कलेज पढ्ने उमेर समुहका व्यक्तीहरु यस गेमका प्रमुख प्रयोगकर्ताको रुपमा देखिएका छन् ।
सामाजिक सञ्जालको दुव्र्यसन
सामाजिक सञ्जालको प्रयोग बिशेष गरेर मानिसहरुबिच वार्तालाप गर्न र सम्बन्ध स्थापित गर्न एकदमै सजिलो माध्यमको रुपमा बिकाश भएको छ । सामान्य रुप बाट सुरु भएका यस्ता एपहरु अहिलेको समयमा बिभिन्न फिचरहरुबाट सुसज्जित भएका छन् । एउटै एपमा हामी धेरै कुराहरु गर्न सक्छौ, जस्तै गेम खेल्न, भिडियो हेर्न, मेसेज पठाउन, अडियो भिडियो कल गर्नका साथै फोटोहरु शेयर गर्न । यी यस्ता फिचर्सहरुको कारणले गर्दा मानिसहरु यस्ता सामाजिक सञ्जालमा चाहिने भन्दा बढि समय ब्यतित गर्दै गइरहेका छन् । यसले गर्दा उनीहरुमा बिस्तारै बिस्तारै मानसिक परिवर्तन हुदै जाने, यसको प्रयोगलाई घटाउन नसक्ने, अरु काम गर्दै गर्दा सामाजिक सञ्जालमा के भएछ होला भन्दै कल्पना गर्ने, छिन छिनमा सामाजिक सञ्जाल लग इन गर्ने, दिनमा घण्टौ सामाजिक सञ्जालमा बस्ने, अन्य काममा मन नलाग्ने, बेला बेलामा त्यसै रिसाउने र्झकिने जस्ता बिभिन्न नयाँ ब्यबहार बिकसित हुदै उनीहरु यसको दुव्र्यसनको शिकार बन्न पुग्छन् । लागुपर्दाथको दुव्र्यसनले मानिसमा शारिरीक परिवर्तन ल्याउछ भने सामाजिक सञ्जालको दुव्र्यसनले विशेष गरेर मानसिक परिवर्तन ल्याउछ । सामाजिक सञ्जालको दुव्र्यसनले मानसिक समस्या उत्पन्न गरि समाजमा नकारात्मक प्रभाब पार्ने गरको बिभिन्न अनुसन्धानबाट प्रमाणित भएको छ ।
सामाजिक सञ्जालको गलत प्रयोग
अहिलेको समयमा सामाजिक सञ्जालको दुव्र्यसन जसरी दिन प्रतिदिन बढ्दै गइरहेको छ त्यसरीनै सामाजिक सञ्जालको दुरुपयोग पनि बढ्दै गई रहेको छ । फेसबुक र यु ट्युब जस्ता सामाजिक सञ्जाल मनोरञ्जन तथा सामाजिक कार्यको लागि प्रयोग हुनुपर्नेमा गलत कार्यको लागि प्रयोग भई रहेको छ । फेसबुक जसमा हामी आफ्ना साथीभाइ र नजिकका आफन्तहरु सँग कुराकानी, फोटो भिडियो शेयर गर्ने, खेल खेल्ने जस्ता कार्यहरु त गर्छौ तर आजकल यसमा गलत कार्यहरु पनि हुँदै गईरहेका छ । मानिसहरुको मान हानी हुने खराब र गलत सामग्रीको सम्प्रेषण गर्ने कार्यहरु निकै बढ्दै गएको छ ।
त्यसै गरी यु ट्युब एप्लिकेशन जसमा हामी बिभिन्न प्रकारका भिडियोे (जस्तै फिल्म, समस्याका समाधान, खानाको रेसिपी, भ्लगहरु र यात्राका रमाइलो क्षणहरु) शेयर गर्न प्रयोग गर्दछौ । तर आजकल यस एप्लिकेशनको प्रयोग मनोरञ्जनको लागि भन्दा पनि बिभिन्न च्यानलहरु बनाएर प्रोमोसनको लागि बिभिन्न नचाहिने सामाग्रीहरुको भिडीयो बनाएर प्रसारण गर्न प्रयोग हुने गरेको छ।
नेपालमा इलेक्टोनिक टान्जेक्सन एक्ट २०६३, कपीराइट, पेटेन्ट जस्ता साईबर सम्बन्धि कानुन को निमार्ण सँगै इन्टरनेट र सामाजिक सञ्जालमा गलत कार्य गर्नेको लागि सजाँयको व्यबस्था गरिएको छ ।
समाधानका उपाय
आजको समय सुचना प्रबिधिको हो । हामी बिश्वको एक कुनामा बसेर जुनसुकै ठाउँको सुचना सजिलैसँग छिटो छरितो रुपमा प्राप्त गर्न सक्छौ । इन्टरनेट र सामाजिक सञ्जाल आजको बिश्वको लागि एक प्रकारको बरदान नै हो । यसको समुचित प्रयोग नै मानब समाजको हितकारी रहेको छ । पहिलेको समयमा बालबच्चाहरु शारिरीक तथा मानसिक परिश्रम हुने खेल खेल्ने, साथी भाइसँग घुलमिल हुने, रचनात्मक कार्यहरु गर्ने गर्दथे तर आजका बालबच्चाहरु भिडियो गेम, फेसबुक र यु ट्युब एप्लिकेशनमा दिनरात समय ब्यतित गर्ने प्रचलनले उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । त्यस्तै युवाहरु प्नि यस प्रकारको कार्यमा संलग्न भई यसको दुव्र्यसनको शिकार भएका छन् ।
तर्सथ बालबच्चाहरुलाइ पढाई बाहेक अन्य समयमा घरको कामहरु, आफन्तजन तथा ठूलाबडाको सत्कार गर्ने, तथा अन्य रचनात्मक कार्य जस्तै चित्रकला, संगित, गायन, नृत्य जस्तो क्रियाकलापमा व्यस्त बनाउने कार्य गर्न सकिन्छ जसले बालबच्चाहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा फाइदा पुर्याउछ ।
त्यस्तै, युवा तथा अन्य उमेर समुहका व्यक्तीहरु पनि फुर्सदको समयमा सामाजिक कार्यमा, घरको काममा, शारिरीक तथा मानसिक परिश्रम हुने खेल खेल्ने जस्ता काममा व्यस्त भएमा उनीहरुको स्वास्थ्यमा फाइदा पुग्न जान्छ । साथै सामाजिक सञ्जालको दुव्र्यसन हुन बाटपनि बच्न सकिन्छ।
यसप्रकार हामीले इन्टरनेट र सामाजिक सञ्जाललाई आफुले र आफ्ना बालबच्चालाई मितब्ययी तरीकाले प्रयोग गर्न गराउन सकेको खण्डमा यसको दुव्र्यसन र दुरुपयोग हुनबाट जोगाउन सकिन्छ साथै आफु, आफ्ना बालबच्चा र परिवारको शारिरीक तथा मानसिक स्वास्थ्यमा पुग्ने असर पनि कम गराउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *