वार्ता र सहमतिबाट निकास निकाल्न आग्रह

समाचार समाज

काठमाडौँ, 30 फागुन (रासस) :

प्रगतिशील लेखक सङ्घ नेपालले विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीसँग वार्ता र सहमतिबाट निकास निकाल्न आग्रह गरेको छ । विप्लव नेतृत्वको नेकपाको क्रियाकलापलाई लिएर सरकारले प्रतिबन्धको नीति अख्तियार गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै सङ्घले सहमतिबाटै निकास निकाल्नुपर्नेमा जोड दिएको छ ।

“हामी सरकार र सो राजनीतिक शक्तिको राजनीतिक स्वतन्त्रताको मूल मर्ममा आघात नपर्ने गरी वार्ता र सहमतिबाटै समस्याको समाधान खोज्न हार्दिक अपिल गर्दछौँ”, सङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घ वामलेखकको साझा मोर्चा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *