पोखरा–१४ लाई अन्तर वडास्तरीय फुटबलको उपाधि

Featured खेलकुद समाचार

पोखरा, ११ जेठ
पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय
फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले हात पारेको छ । पोखरा
रंगशालामा बिहीबार भएको फाइनलमा वडा नम्बर १५ लाई ४–०
गोलान्तरले हराउँदै वडा नम्बर १४ च्याम्पियन बनेको हो ।
आशिष कार्की, सिद्धान्त गुरूब

, प्रताप गुरूब र यामबहादुर श्रेष्ठले गरेको
गोलसँगै वडा नम्बर १४ ले उपाधि जितेको हो । यामबहादुर फाइनल
खेलको म्यान अफ द म्याच घोषित भए ।
विजेता वडा नम्बर १४ को टिमले एक लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र
प्रमाणपत्र पाएको छ । उपविजेता वडा नम्बर १५ को टिमले एक लाख रूपैयाँ,
ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । वडा नम्बर १४ का आशिष कार्की
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले १५ हजार रूपैयाँसहित
ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट
डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी
उत्कृष्ट प्रशिक्षक घोषित भए । वडा नम्बर १५ का विशाल गुरूब उत्कृष्ट फरवार्ड
बने । उत्कृष्ट खेलाडी र प्रशिक्षकले ५/५ हजार रूपैयाँसहित ट्रफी, मेडल
र प्रमाणपत्र पुरस्कार पाए ।
पुरस्कार वितरणपछि बोल्दै महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुद
क्षेत्रको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताए । तल्लो तहमा हुने
प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने उनको भनाइ थियो
। कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा
पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *