मेटा को प्लेटफर्म डाउन, फेसबुक सबैको भयो एकै पटक लगआउट

विशेष समाचार सूचना-प्रविधि

पोखरा । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएका छन् । मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् । विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए । विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको भन्दै गुनासो गरेका छन् । टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि त्यस्तो कोड इनकरेक्ट देखाइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *