पोखरा ९ पुस
मानव मिलन नारी जागरण नेपालद्धारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित पुरस्कार रेडियो सफलता १०३.४ मेगाहर्जका प्रवन्ध निर्देशक दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको संयोजक सरस्वती गुरुङ्गको संयोजकत्वमा बसेको बैठकले अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । मानव मिलन नारी जागरण नेपालद्वारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित सो पुरस्कारको राशी नगद १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ । पत्रकारिता र संचारको माध्यमबाट समाजमा पछाडि पारिएका वर्गको सशत्तीकरणमा योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गर्न लागिएको हो । स्वास्थ्य, शिक्षा र मानव सेवामा सर्मपित भएर संस्थाले विभिन्न गतिविधि गर्दै आएको छ । यस अघि सस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरिसकेको छ । यस अघि एचआईभी सक्रमित लक्ष्मी अधिकारी, फुटवल प्रशिक्षक सिता गुरुङ्ग, राजनितिक क्षेत्रबाट महिलालाई सशत्तीकरणमा योगदान पुर्याउनुभएकी सृजना शर्मा, अपाङ्गगताको क्षेत्रमा रहेर सामाजिक रुपान्तरणका लागि लाग्नु भएकी जमुना पौडेल, बहकुमारी ईश्वरीय विश्व विद्यालय नेपालकी निर्देशक बह्राकुमारी परिणता दिदी सम्मानित भई सक्नुभएको छ । सम्मानित हुन लाग्नु भएकी अधिकारी बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान)का केन्द्रिय महासचिव हुनुहुन्छ । पुरस्कार २०६८ मा स्थापना गरिएको हो । सामाजिक व्यक्तित्व सरस्वती गुरुङ्ग संयोजक रहेको प्रतिभा छनौट समितिको सदस्यमा सामाजिक व्यक्तित्व निर्मला कार्की भण्डारी, परिवार तर्फबाट स्वर्गीय इन्द्राकी छोरी सुस्मिता क्षेत्री, संस्थाका अध्यक्ष सविता बराल र सचिव मेनुका पोख्ररेल रहनुभएको थियो । पुरस्कार अर्पण कार्यक्रम पुष ११ गते रहेको छ ।