गंगाले चुमिन् मिसेस हिमालयन नेपालको ताज

मनोरञ्जन समाचार

काठमाडौं : 

छैटौं संस्करणको ‘मिसेस हिमालयन नेपाल– २०१९’ को उपाधि गंगा शर्माले जितेकी छन्। निर्णायक मण्डलका प्रमुख निर्णायक मोडल कला सुब्बाले सोधेको प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिँदै उनले उपाधि चुमेकी हुन्।

राष्ट्रिय नाचघरमा भएको फाइनल प्रतियोगितामा गंगाले ‘मिसेस हिमालयन –२०१९’ को उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर जितिन्। त्यस्तै रेखा बलामी फस्ट रनरअपको ताज चुम्न सफल भइन् भने सेकेन्ड रनरअपको उपाधि कविता लामाले जितिन्। विजेतालाई ट्रफी तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

विवाहित महिलाको क्षमता अभिवृद्धि, सामाजिक काममा अग्रसर गराउने र आन्तरिक कला अभिवृद्धि तथा प्रस्फुटन गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा ट्यालेन्ट विजेता विमला पाइजा, फोटोजेनिकमा कविता थापा डंगोल, बेस्ट स्माइल रेखा बलामी, बेस्ट पर्सानालिटी गंगा खड्का, बेस्ट स्किन भूमिसरा पाण्डे, मस्ट चार्मिङ मिजिला महर्जन, मस्ट एक्टिभ कविता लामा, बेस्ट कम्प्लेक्सन हीरा लामा, मस्ट स्मार्ट चाँदनी गुरुङ, बेस्ट डिसिप्लिन गंगा शर्मा, मोस्ट अट्राक्टिभ पवित्र छन्त्याल, मस्ट पञ्चुअल रूपा महर्जन, बेस्ट ड्रेस गंगा खड्का छेत्री भए भने मस्ट पपुलरको ताज पवित्र छन्त्यालले हात पारिन्।

मिस नोबेल नेपाल– २०१९ बनिन् प्रिया

एमाजोन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको सौन्दर्य प्रतिस्पर्धा ‘मिस नोबेल नेपाल २०१९’ उपाधि प्रिया मल्लले जित्न सफल भएकी छन्। उनले उपाधिसहित बेस्ट फोटोजेनिक, बेस्ट ड्रेस्स र मोस्ट पपुलरको ताज पनि प्राप्त गर्न सफल भइन्।

प्रतियोगिताको फस्ट रनरअपमा रश्मी बर्तौला घोषित भइन्। उनले उपाधिसहित मोस्ट स्मार्टको टाइटल पनि प्राप्त गरिन्। त्यस्तै सेकेन्ड रनरअपमा सुष्मा तिमल्सिना घोषित भइन् उनले उपाधिसहित बेस्ट पर्सानालिटी उपाधि पनि प्रात गरिन्।

बेस्ट ट्यालेन्ट स्‍मृति लुंगेली, बेस्ट स्किन कविता तामाङ, मोस्ट एक्टिभ प्रकृति रञ्जितकारले प्राप्त गरे। अन्तिम प्रतिस्पर्धाको निर्णायकहरूमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता विनय श्रेष्ठ, नायिका मारिस्का पोखरेल, मिस इको इन्टरनेसनल विजेता मौनता लामा र मिस्टर ह्यान्डसम रनरअप वैभव उपाध्याय रहेका थिए

source :annapurna

Leave a Reply

Your email address will not be published. Required fields are marked *