प्रतिबन्द लगाउने निर्णय सही छ : मुख्यमन्त्री गुरुङ

Featured समाचार

गोरखा, १ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लवमाथि प्रतिबन्ध लगाएर सरकारले सही निर्णय गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकमा सहभागी हुन आज गोरखा आइपुग्नु भएका मुख्यमन्त्री गुरुङले मुलुकलाई अराजकतामा धकेल्न नदिन विप्लव समूहमाथि केन्द्र सरकारले प्रतिबन्द लगाउनुपरेको बताउनुभयो ।

“मुलुक अराजकतातर्फ धकेलिन नपाउँदै, उहाँहरुको गतिविधि झ्याङ्गिन नपाउँदै नियन्त्रणमा लिन खोजिएको हो, मुख्यमन्त्री भन्नुभयो, “शुरुमै नियन्त्रण गरियो भनेमात्र मुलुकमा क्षति हुन पाउँदैन ।”

मुख्यमन्त्री गुरुङले मुलुकको आन्तरिक सुरक्षाको नीतिचाँहि केन्द्र सरकारले नै गर्ने बताउनुभयो । “प्रदेशभित्रको शान्ति सुरक्षाको व्यवस्था प्रदेश सरकारले गर्छ”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेशभित्रका जनप्रतिनिधिको सुरक्षा हामी गर्छौं, हामीलाई आफ्नो प्रहरी, आफ्नो प्रशासन चाहिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *