Category: विशेष
बिहानी चिसोसँगै अभियानकर्मी नदी किनारमा
काठमाडौँ, २२ मङ्सिर मौसम मापकयन्त्रले आज बिहान अहिलसम्ममा यस वर्षकै सबैभन्दा बढी न्यूनतम् तापक्रम भएको देखाए पनि बिहान ७ बजेदेखि शुरु हुने उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानमा सहभागीको सङ्ख्या उल्लेख्य देखिन्थ्यो । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९१ औँ हप्तामा बुद्धनगरस्थित रुद्रमती […]
Continue Readingदेश निर्माणका लागि इञ्जिनीयरको भूमिका महत्वपूर्ण प्रधानमन्त्री
काठमाडौँ, २२ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिनुभयो । सरकार इञ्जिनीयरको पेशागत सुरक्षा र […]
Continue Readingलागुऔषधको नशामा निर्मलाको बलात्कारपछि हत्या
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका प्रदीप रावलले निर्मलाको हत्या स्वीकारेका छन् । रावलले लागुऔषधको नशामा निर्मलाको हत्या गरेको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रहरीसँगको बयानमा प्रदीपले भनेका छन्, ‘निर्मलालाई पहिलादेखि नै चिन्थेँ, बाटोमा साइकलको चेन बनाइरहेको देखेपछि गफ गर्न कर लगाएर खोला पारि लगेँ ।’ प्रदीपका अनुसार, गफ […]
Continue Readingविश्व सम्पदा सूचीमा रग्बी विश्वकप ट्रफी
काठमाडौँ, २१ मङ्सिर जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी अहिले नेपालमा छ । ‘वल्ड ट्रफ्री टुर’मा रहेको सो ट्रफी आज काठमाडौँका विभिन्न पुरातात्विक तथा ऐतिहासिकस्थलमा सार्वजनिक गरियो । नेपाल रग्बी सङ्घको समन्वयमा नेपाल ल्याइएको ट्रफी आज विश्व सम्पदामा सूचिकृत ऐतिहासिक पाटन दरबार क्षेत्र, स्वयम्भूनाथ, पशुपतिनाथ र बौद्ध स्तुपा पु¥याइ सार्वजनिक गरिएको सङ्घका अध्यक्ष […]
Continue Readingचित्रमार्फत विश्व शान्तिको सन्देश
लुम्बिनी, २१ मङ्सिर शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा पुगेका सात देशका ४० चित्रकारलाई बुद्धको सन्देशले मन छोयो । लुम्बिनी विश्व शान्तिको प्रतीक भन्ने कुरा सुनेका चित्रकारलाई बुद्धभूमिको स्थलगत अनूभूतिले थप उत्साहित बनायो । करीब २० विदेशीसहितका चित्रकारले चित्रमार्फत नै विश्व शान्तिको सन्देश प्रवाह गरे । “दृष्य फरक तर अनुभूति एक भयो, बङ्गलादेशकी चित्रकार […]
Continue Readingसांसद भएकाे एक वर्ष पुगे सँगै सांसद गिरीले ल्याए अहिले सम्मकाे उपलब्धि र भावी याेजना
पाेखरा ,२१ मङ्सिर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको एक बर्ष वितेको छ । देशमा नयाँ संविधान जारी भएसंगै भएको आम निर्वाचनको एक बर्षमा भएका उपलब्धि सहित प्रतिनिधि सभा सदस्य पदम गिरीले आफ्नो थप कार्य योजना सार्वजनिक गरेका छन । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा भारी मतान्तरले विजयी भएका सांसद गिरीले आफू विजयी […]
Continue Readingकारवाहीमा बीस आइएस आतङ्ककारी मारिए
जलालाबाद, अफगानिस्तान, २१ मङ्सिर अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा इस्लामिक स्टेट्स आतङ्ककारीविरुद्ध सुरक्षा बलले गरेको स्थल र वायु कारवाहीमा परी कम्तीमा २० जना मारिएका अफगान रक्षा मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पहिलो घटनामा आइएसका दुई प्रान्तीय कमाण्डरसहित १७ जना आइएस आतङ्ककारी मारिएका छन् । नान्र्गाहार प्रान्तको हसका मिना जिल्लामा सो कारवाही भएको थियो । छिमेकमा […]
Continue Readingपीडितलाई ढुक्क भएर समस्या राख्न आग्रह
काठमाडौँ, २१ मङ्सिर महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पीडित व्यक्तिले स्पष्टसँग आफ्ना समस्या न्यायालयमा राख्न नसक्दा समयमा नै न्याय प्राप्त गर्न नसकेको बताउनुभएको छ । माइती नेपालले आज यहाँ आयोजना गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले घटनाको नियमित सुनुवाइ नहुँदा र पीडितले आफ्नो समस्या राख्न नसक्दा समय लम्बिएर पीडितले समयमा न्याय प्राप्त गर्न नसकेको जानकारी गराउनुभएको हो । […]
Continue Readingमन्त्रिपरिषदबाट भएका निर्णयहरु सार्वजनिक
२०७५ साल मंसिर १७ गते सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निम्न निर्णय गरेको छ– १. सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई Universal Peace Federation बाट Leadership and Good Governance Awardसहित प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबर रकम नेपाल सरकारले थप गरी शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने […]
Continue Reading
