पीडितलाई ढुक्क भएर समस्या राख्न आग्रह

विशेष समाचार

काठमाडौँ, २१ मङ्सिर 

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पीडित व्यक्तिले स्पष्टसँग आफ्ना समस्या न्यायालयमा राख्न नसक्दा समयमा नै न्याय प्राप्त गर्न नसकेको बताउनुभएको छ ।

माइती नेपालले आज यहाँ आयोजना गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले घटनाको नियमित सुनुवाइ नहुँदा र पीडितले आफ्नो समस्या राख्न नसक्दा समय लम्बिएर पीडितले समयमा न्याय प्राप्त गर्न नसकेको जानकारी गराउनुभएको हो ।

पीडितलाई आफ्ना समस्या खुलेर राख्न उहाँले आग्रह गर्नुभयो । बेपत्ता छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरेले हरेक घटनाका पीडितलाई न्याय र पीडकलाई कारवाहीका लागि नियमित सुनुवाइ गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाले चार महीना लगाएर २४ वटा मुद्दाको अध्ययन गरेको र त्यसमा सबैभन्दा बढी ५९ प्रतिशत निम्न माध्यमिक तहमा अध्ययन गर्ने बालबालिका बेचबिखनका शिकार हुनुपरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका क्रममा अधिवक्ता उमा तामाङले सबैभन्दा बढी मानव बेचबिखन रोजगारी लगाइदिने बहानामा हुने गरेको अध्ययनको क्रममा पाइएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागीले छिटोछरितो न्याय सम्पादन गरी पीडितलाई न्याय दिन नसक्दासम्म न्याय नपाइ समाजले पनि हेलाको भावनाले हेर्ने हँुदा छिटो न्यायसम्पादनमा जोड दिएका थिए

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *