कंशकार लाई धसियो कालोमोसो

पाैष, २० काठमाडौं : वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंशकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले आफ्नै कार्यकक्षमा कालोमोसो दलिएको छ ।(क्रान्तिकारी माओवादी) निकट युवा संगठनले पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको जानकारी दिए। (क्रान्तिकारी माओवादी) निकट युवा […]

Continue Reading

राष्ट्रिय जनमोर्चाद्वारा विरोध

काठमाडौँ, २० पुस राष्ट्रिय जनमोर्चाले टीकापुर काण्डका अभियुक्त सांसद रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथ गराइकोप्रति विरोध गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त अभियोगको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका चौधरीलाई शपथग्रहण गराएर ‘माननीय सांसद’को मान्यता दिनु गलत कार्य भएकाले आपत्ति जनाइएको छ । सरकारलाई आवश्यक बहुमत हुँदाहुँदै पनि […]

Continue Reading

रवि लामिछानेको डिभोर्स ! दुनियाँको घर मिलाएँ, आफ्नै मिलाउन सकिनँ

२० पुस, काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले […]

Continue Reading

राप्रपाद्वारा सपथको विरोध

काठमाडौँ, १९ पुस राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेका रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने कार्यप्रति विरोध जनाएको छ । पार्टीका नेता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा विसं २०७२ भदौमा टिकापुरमा भएको घटनाका अभियुक्त चौधरीलाई सपथ गराउने कार्यले कानूनी राज्यको सिद्धान्तप्रति उपहास भएको जनाएको छ । उक्त घटनामा सात प्रहरी तथा अढाई […]

Continue Reading

श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण

काठमाडौँ, १९ पुस शताब्दी पुरूष डा सत्यमोहन जोशीले आज ललितपुरस्थित शताब्दी घरमा डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसार्इंद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेर आफ्नो जन्मशताब्दीे वर्षको आरम्भ गर्नुभयो । ‘नइ’ प्रकाशनका तर्फबाट स्रष्टाद्वय डा मोदनाथ प्रश्रित र दीनानाथ शर्माले डा सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर उहाँको थप कीर्तिमय जीवनको कामना गर्नुभयो । नइ प्रकाशनद्वारा […]

Continue Reading

मधेसमा मनाइयो धोती दिवस

बारा, पुस  प्रतेक बर्ष जनवरी १  तारिखका दिन मनाइने धोती दिवस यसबर्ष पनि मनाइएको छ । सन् २०१९ को पहिलो जनवरीका दिन मधेसमा मधेसीहरु धोती दिवस मनाएका हुन् । मंगलबार राजपा नेपालका केन्द्रिय सदस्य श्याम गुप्ताको नेतृत्वमा बाराको सदरमुकाम कलैयामा निकालिएको धोती जुलुस मुख्यचौकमा पुगि कोणसभामा परिनत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य […]

Continue Reading

चौधरीकाे सान थारू भाषाकाे सम्मान

काठमाण्डौं कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले सांसदको सपथ लिएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू भाषामा सपथ लिएका छन्। सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए। चौधरीको सपथ कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरू पनि उपस्थित थिए। […]

Continue Reading

बिहार र युपी हामीले जोगाएका छौं : प्रधानमन्त्री

  काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले बिहार र युपीलाई बचाएको बताएका छन् । बिहीबार फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले भारतको दुई प्रान्त बचाएको प्रसंग जोडेका हुन् । उनले गंगा नदीमा ७२ प्रतिशत पानी नेपालको खोलानालाबाट जाने बताए । उनले भने, ‘वर्षायाममा पनि चालिस प्रतिशत पानी […]

Continue Reading

त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी,

बेत्रावती, १९ पुस ।  नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ । २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्र समेत बन्द हुँदा राष्ट्रिय प्रशारण लाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ । बुधबार साँझ ६ः३० […]

Continue Reading

गूगल बिजनेस ग्रुपले ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्दै, गूगलका टुल र आइडिया सिकाउने

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गूगल बिजनेस ग्रुप काठमाडौंले यहि पुस २१ गते शनिबार स्टार्टअप मेला ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्ने भएको छ । जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यबसाय सम्बन्धि प्रदर्शनी भएको आयोजकको दाबी छ । सो मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने […]

Continue Reading