मधेसमा मनाइयो धोती दिवस

विशेष समाचार समाज

बारा, पुस 
प्रतेक बर्ष जनवरी १  तारिखका दिन मनाइने धोती दिवस यसबर्ष पनि मनाइएको छ । सन् २०१९ को पहिलो जनवरीका दिन मधेसमा मधेसीहरु धोती दिवस मनाएका हुन् ।

मंगलबार राजपा नेपालका केन्द्रिय सदस्य श्याम गुप्ताको नेतृत्वमा बाराको सदरमुकाम कलैयामा निकालिएको धोती जुलुस मुख्यचौकमा पुगि कोणसभामा परिनत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य गुप्ताले धोतीको महत्वको बारेमा चर्चा गरेका थिए ।

सोहि सभालाई सम्बोधन गर्दै राजपा नेपाल बाराका प्रबक्ता अरुण सिंहले मधेसीको सान, धोती हो पहिचान ! भन्दै बर्तमान केपी शर्मा ओलि नेतृत्वको सरकार नेपालमा बसोबाँस गर्ने सम्पूर्ण समुदायको संस्कृतिको संरक्षण र सम्बद्र्धन हुने गरी कानुनी ब्यस्था बनाउनु पर्नेमा जोड दिए । संस्कार र संस्कृति गुमे संसार नै गुम्ने उनको तर्क थियो ।

धोती जुलुसमा राजपाका केन्द्रिय सदस्य मदन यादव, जिल्ला अध्यक्ष मंडलका सदस्य महेन्द्र मंडल, सन्तोष पटेल , जिल्ला सदस्य जितेन्द्र मंडल , रमेश सास्त्री, नगर अध्यक्ष बिनोद यादव, कुमार यादव तथा ब्यवसायीहरु मनिश बर्मा, गुदु साह ,अरुन साह लगायतको सहभागिता रहेको थियो ।

साभार टुडे पाटी डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *