भूकम्पबाट सुरक्षित हुने चेतना सबैले राख्नुपर्छ’

विराटनगर, २७ पुस (रासस) : भूकम्पबाट तत्काल जोेगिन ‘घुँडा टेकी गुडुल्की, ओत लागि समात’ भन्ने चेतना सबैले राख्नुपर्ने औँल्याइएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७५ माघ २ गते आम नागरिकलाई सचेतना जगाउने उद्देश्यसाथ गरिएको कार्यक्रममा भूकम्पप्रतिको सचेतनाले जनधनको क्षति कम गर्न सहयोग पुग्ने नेपाल प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीको बुझाइ छ […]

Continue Reading

जैमिनी महोत्सव शुरु

बलेवा, २७ पुस (रासस) : बागलुङको जैमिनी नगरपालिकामा आजदेखि प्रथम जैमिनी महोत्सव शुरु भएको छ । जिल्लाको कला संस्कृतिको संरक्षण, खेलकूदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोकदोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गरीएको […]

Continue Reading

नक्कली डिएसपी पक्राउ

काठमाडौँ, २७ पुस (रासस) : महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका भक्तपुरका ३५ वर्षीय अनिल थापालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब […]

Continue Reading

महोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नुहुँदैन : मन्त्री गुरुङ

दमौली, २६ पुस (रासस) : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पैसा आर्जन गर्नका लागि मात्रै मेला महोत्सव आयोजना गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीको आयोजनामा आजदेखि खैरेनीटारमा शुरु प्रथम जनजाति सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले जिल्लामा आयोजना हुने गरेका मेला महोत्सवबाट आर्जन भएको रकम सही ठाउँमा […]

Continue Reading

नवौ संस्करणको पोखरा महोेत्सवको प्रचार, बिहीबार कार र्याली

पोखरा २६ पुस । पोखरा, भोलीदेखी पोखराको अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोेत्सवको प्रचार गर्न आयोजक युनाइटेड क्लवले बिहीबार कार र्याली सम्पन्न गरेको छ । महोत्सवमा आउने दर्शक जो पचभैयामा निर्माणाधिन अवस्थामा रहेको पोखरा जुलोजिकल पार्कमा जान चाहान्छन त्यसका लागी पचभैेया लैजान लेखनाथ माइक्रो बस समितीको सहयोगमा बसलाई जंगलको झल्को दिने गरी सजावट […]

Continue Reading

मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ- पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनूरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहिबार शुभकामना सन्देश दिँदै उक्त कुरा बताएका हुन्। उनले नेपाली राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा परस्पर प्रेम, […]

Continue Reading

सबै रोगको एउटै औषधि सिटामोल !

वीरगञ्ज, २६ पुस सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन । सङ्घीय सरकारले स्वास्थ्य चौकीलाई ३९ प्रकारका औषधि दिने गरेपनि अधिकांश […]

Continue Reading

छाउगोठमै भयो मृत्यु

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ को अंगाउपानी स्थित भुगेचौरमा छाउगोठमा आगलागि हुँदा अामा र दुइ छाेरा गरी तीन जनाको मृत्यु भएको छ । महिनावारी भएर छाउगोठमा सुती रहेको अवस्थामा आगलागिबाट मृत अवस्थामा फेला पारिएको हो । मृत्यु हुनेमा आमा अम्वा बोहोरा सहित १२ बर्षका छोरा सुरेश बोहोरा र ९ बर्षका छोरा रमित बोहोरा रहेका […]

Continue Reading

आँफूमाथि चरम यौन शोषण सहित यातना भएको भन्दै किशोरीले दिईन जाहेरी

पोखरा १५ कि १९ वर्षीय रविना (परिवर्तित नाम) ले आँफूलाई पोखरा १५ स्यानीपाटन बस्दै आएका नसिब गुरुङले असैह्य र निर्मम व्यवहारका साथ बारम्बार बलात्कार गरेको आरोप सहित जाहेरी दिएकी हुन् । विभिन्न प्रलोभन देखाएर खिचिएका आफ्ना नग्न तस्विरहरु सामाजिक सञ्जालमा राखेर बेईज्जत गरिदिन्छु भन्दै धम्क्याएको पीडित किशोरीले बताएकी छिन् । घटनाक्रम यस्तो छ: आजभन्दा करिब […]

Continue Reading

निर्मला पन्तकी आमाद्वारा रगत दिंदै

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवी छोरीको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाब’ यकिन गर्न रगत नमूना सङ्कलनका लागि रगत दिँदंै । तस्वीर ः शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Continue Reading