सडक महोत्सवको तयारी

पोखरा, ९ मङ्सिर रेवान पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा हुने २०औंँ संस्करणको पोखरा सडक महोत्सव सफल पार्न विभिन्न समितिहरु गठन गरिएका छन् । समितिको संयोजकमा निवर्तमान अध्यक्ष भीमसेन भुजेल हुनुहुन्छ भने सह–संयोजकमा उपाध्यक्ष लक्ष्मण बराल र योगेश भट्टराई हुनुहुन्छ । महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएकोमा कार्यालय प्रशासन, मिडिया तथा […]

Continue Reading

पाल्पा लोक आइडलमा धनमाया विजयी

पाल्पा, ९ मङ्सिर तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ । शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल हुनुभएको हो । […]

Continue Reading

ढोरपाटनमा आगलागीबाट ३० घर जले

गलकोट, ९ मङ्सिर बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन […]

Continue Reading

समान कामको ज्यालामा अझै विभेद

कुश्मा, ८ मङ्सिर लालु सुनार (मोदी गाउँपालिका–६ तिलाहार) र गङ्गा नेपाली (कुश्मा नगरपालिका ९, कटुवाचौपारी) ले सदरमुकाम कुश्मा आसपासमा निर्माण मजदूरका रुपमा काम गर्न थालेको करीब चार वर्ष भयो । घर ढलान गर्ने क्रममा बालुवा बोक्ने, उठाउने, ढलानलगायत सबै काम दुईजनाले आलोपालो गर्ने गर्नुहुन्छ । एउटै काम गर्ने दुईमध्ये सुनारले दैनिक रु ५०० र नेपालीले […]

Continue Reading

समृद्धि हुन हजारौं प्राविधिक खाँचोः किरण गुरुङ्ग

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गले समृद्धिको सपना पुरा गर्न देशलाई हजारौं प्राविधिकहरुको खाँचो रहेको बताएका छन् । शुक्रबार पोखरा ईञ्जीनियरिङ्ग कलेजमा अनेरास्ववियूले आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै उनले अगाडी भने, “संघियतालाई संस्थागत बनाउन र सरकारको समृद्धिको यात्रा सफल पार्न प्राविधिक जनशक्तिहरुले विशेष भूमिका […]

Continue Reading

अवैध बिदेशी नोटसहित दुईजना पक्राउ :

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार ठूलो परिणामको अवैध बिदेशी नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।भारत महाराष्ट्रका ४८ वर्षका बिनायककुमार बाबुलाल शाह र काठमाडौं महानगरपालिका वडा नम्बर ३५ कि २९ वर्षीया चन्दा थापालाई विभिन्न देशको अवैध नोटसहित प्रहरीले पक्राउ गरेको हो ।पोखरा लेकसाइडको एक होटलबाट नेपाली ३१ लाख २८ हजार बराबरको विभिन्न देशको नोट र अन्य […]

Continue Reading

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध मुख्यमन्त्री गुरुङ

कास्की, ६ मङ्सिर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको पालनामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीले आज यहाँ आयोजना गरेको प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि नीतिगत छलफल कार्यक्रममा उहाँले कानून, आफ्नो सीमा र हैसियतअनुसार प्रेस स्वतन्त्रतालाई सम्मान गर्दै काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री गुरुङले प्रदेश […]

Continue Reading

वडा नम्वर २७ बालबालिकाका  लागि विद्यालयको सुनिश्चितता

आधारभुत तहसम्मको  शिक्षा अनिवार्य गर्ने ब्यवस्था अन्र्तगत पोखरा महानगरपालिकाको वडा नम्वर २७ लाइ विहिवार  बालबालिका लागि विद्यालयको सुनिश्चितता भएको पोखरा महानगरको वडा घोषणा गरिएको छ । नेपालको संविधानले आधारभुत तहलाई अनिवार्य गर्ने ब्यस्था गरे अनुसार विद्यालय उमेर समुहका (५ देखि १२)  वर्षसम्मका सम्पूर्ण बालबालिकाहरुका लागि विद्यालयको सुनिश्चिता वडा घोषणा गरिएको हो । पोखरा महानगरपालिकाका  प्रमुख मान बहादुर […]

Continue Reading

कास्कीमा ठुलो मात्रामा लागू औषध बिक्रि गर्ने ब्यक्ति २ कार सहित पक्राउ

कास्की मंसिर ०६ गते । कास्कीमा ठुलो मात्रामा लागू औषध बिक्रि गर्ने ब्यक्ति २ कार सहित पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय प्रमुखको रुपमा २०७५ वैशाख ३० गतेदेखी १२ बुदे कार्ययोजना बनाई कास्की जिल्लालाइ सकेसम्म अपराध रहित जिल्ला बनाउने अभिलाषा लिई सम्पुर्ण कस्केली जनता ,बिभिन्न सामाजिक संघ सस्था, पत्रकार सामुदायिक सेवा केन्द्र, नागरीक समाज, उद्योगी […]

Continue Reading

गोर्खा समाधिस्थलको निर्माण अझै जारी

पोखरा, ६ मङ्सिर  छ वर्षअघिदेखि स्याङ्जामा थालनी गरिएको गोर्खा समाधिस्थलको निर्माण अझै जारी छ । फेदीखोला गाउँपालिका–१ स्थित साल्मेडाँडाको करिव ३०० रोपनी जग्गामा सन् २०१२ देखि सो समाधिस्थलमा निर्माण थालिएको थियो । पोखरास्थित स्वतन्त्र पत्रकार सङ्घले बुधबार यहाँ आयोजना गरेको ‘गोर्खा स्मारक, उद्देश्य र उपलिब्ध’ विषयक अन्तरक्रियामा प्रथम विश्वयुद्धमा २० हजार र द्वितीय विश्वयुद्धमा २३ […]

Continue Reading