अवैध बिदेशी नोटसहित दुईजना पक्राउ :

गण्डकी प्रदेश समाज

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार ठूलो परिणामको अवैध बिदेशी नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।भारत महाराष्ट्रका ४८ वर्षका बिनायककुमार बाबुलाल शाह र काठमाडौं महानगरपालिका वडा नम्बर ३५ कि २९ वर्षीया चन्दा थापालाई विभिन्न देशको अवैध नोटसहित प्रहरीले पक्राउ गरेको हो ।पोखरा लेकसाइडको एक होटलबाट नेपाली ३१ लाख २८ हजार बराबरको विभिन्न देशको नोट र अन्य सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २० हजार अमेरिकी डलर, ३ हजार ८ सय यूरो, १ हजार १ सय पाउण्ड स्टर्लिङ, १ लाख ५ सय भारतीय रुपैयाँ र २४ हजार ८ सय ५ नेपाली रुपैयाँ बरामद गरिएको छ ।साथै ल्यापटप, तीनवटा मोबाइल, एटीएम ६ वटा, चेकबुक ४ वटा, पेनड्राइभ, नागरिकता र पासपोर्ट पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।उनीहरुलाई थप अनुसन्धानको लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *