सडक महोत्सवको तयारी

गण्डकी प्रदेश पर्यटन समाचार

पोखरा, ९ मङ्सिर

रेवान पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा हुने २०औंँ संस्करणको पोखरा सडक महोत्सव सफल पार्न विभिन्न समितिहरु गठन गरिएका छन् । समितिको संयोजकमा निवर्तमान अध्यक्ष भीमसेन भुजेल हुनुहुन्छ भने सह–संयोजकमा उपाध्यक्ष लक्ष्मण बराल र योगेश भट्टराई हुनुहुन्छ ।

महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएकोमा कार्यालय प्रशासन, मिडिया तथा प्रचारप्रसारमा महासचिव गणेश थापा र विकास भट्टराई, आर्थिक, टिकट व्यवस्थापनमा लोक गुरुङ, रोशनजङ्ग कार्की, पास र कुपन व्यवस्थापनमा बलराम पहारी, योगेश भट्टराई, खाना तथा खाजा व्यवस्थापनमा दिल श्रेष्ठलाई जिम्मा दिइएको छ ।

त्यस्तै जनसम्पर्कमा पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई, सुरक्षामा राजेन्द्र ढकाल, नरेश भट्टराई, सूर्यबहादुर भुजेल, सांस्कृतिकमा भरतराज शर्मा, झाँकी व्यवस्थापनमा चौबहादुर गुरुङ, खेलकूदमा विकास भट्टराई, बाटो सजावटमा बलराम पहारी, ज्याक तामाङ, दोर्जे लामालगायतलाई जिम्मेवारी दिइएको छ ।

महोत्सवको आयोजक रेवान भए पनि यो समग्र पोखरेलीको महोत्सव भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा गरिँदै आएको पोखरा सडक महोत्सवलाई यहाँको महत्वपूर्ण पर्यटकीय गतिविधिका रुपमा लिने गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *