भत्कियो सत्ता गठबन्धन, आजै नयाँ मन्त्रिपरिषद् प्रचण्डको नेतृत्वमा एमाले र रास्वपाका एक एक मन्त्री बनाइने, एमालेबाट पदम गिरी

Featured राजनीति समाचार

काठमाडौँ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् । गएराति अबेरसम्म बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । त्यसमा एमाले र रास्वपाका एक एक जना मन्त्री बन्ने छन् । त्यसमा एमालेका प्रमुख सचेतक पदम गिरीलाई मन्त्रीमा पठाइने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *