पाहाडी क्षेत्रको मकैबाली र सिफारिस उन्नत जातहरु

कृषि समाचार

२०७६ चैत १८, पाेखरा

मकै ( Zea mays L.) नेपालको एउटा प्रमुख खाधबाली अन्तरगत पर्छ । यो क्षेत्रफल ९९२६६२४०हे।,उत्पादन ९३३७७०३६ टन र उत्पादकत्व .७४ टन प्रती हे। का आधारमा धानपछि नेपालको दोस्रो सबैभन्दा महत्त्वपूर्ण बाली हो ।यो पाहाडि क्षेत्रको प्रमुख बालिमा पर्दछ जस्ले कुल मकै उत्पादनको ७५ प्रतिशत र क्षेत्रफलमा ८० प्रतिशत योगदान दिएको छ । पाहाडि क्षेत्रमा कुल मकै उत्पादनको ६८% खानाको लागि प्रयोग गरिन्छ भने तराईमा यसको प्रयोग मानवखाधन्नका लागि भन्दा पशुआाहारा र पोल्टि दाना उत्पादनमा गरिन्छ । बढ्दो पशुपालन र पोल्टि व्यवसायले गर्दा मकैको माग बढ्दो छ जसलाई पुर्ती गर्न करिब ४०४५ प्रतिशत मकैको आयात भारतबाट हुँदै आइरहेको छ । बढ्दो पशुपालन र पोल्टि आहारको माग पूरा गर्न र आयात कम गराउन मकै उत्पादनको करिब ८० प्रतिशत ओगटेको पाहाडि क्षेत्रको उत्पादन बढाउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । पाहाडमा उत्पादन बढाउन बाली व्यवस्थापनमा सुधार , बाली प्रणालीमा अपनाइएको साधनताका साथै राम्रो उत्पादकत्व ,रोगकिरा प्रतिरोधी नयाँ जातहरुको प्रयोग मुख्य हो ।

नेपाल कृषि अनुसन्धान परिषद (NARC) ले हालसम्म नेपालका विभिन्न भागहरुका लागि ३० फरक फरक मकैकका जातहरु सिफारिस गरेको छ । जसमध्य ५ वणशंकर जातहरु रहेका छ्न ।यसका साथै ३४ आयातित वणशंकर जातहरु रजिस्ट्रर गरिएको छ ।

नेपालको पाहाडि क्षेत्रका लागि सिफारिस गरिएका केही महत्त्वपूर्ण जातहरु

मनकामना -३ मनकामना -३ मध्य पाहाडको लागि विकास गारिएको मकैको जात हो । यसको उत्पदन क्षमता ५.५ टन प्रती हेक्टर रहेको छ । मुख्यतया बढी उत्पादन दिने , नढल्ने ,सेतो दाना , कस्सिएका घोगा ,खोस्टाले टुप्पैसम्म पुरै घोगालाइ छोपेको र पाक्ने बेलामा पनि बोट हरियो रहने र गाइवस्तुलाइ खुवाउन राम्रो भएको कारणले कृषकहरुले यो जातलाइ निकै मन पराइरहेका छ्न ।

देउती : देउती पनि पहाडी क्षेत्रको लागि सिफारिस गरिएको जात हो। यो १४००मि उचाइमा १३०-१३५ दिनमा र १७०० मि को उचाईमा १४५-१५० दिनमा पाक्दछ ।यो जात ५.७ टन उत्पादन क्षमता साथै विभिन्न रोग प्रतिरोधी गुणहरु भएको जात हो ।

पोसिलो मकै-१ नेपालमा सन २००८ मा सिफारिस गरिएको एउटा मात्रै गुणस्तरीय प्रोटिनले भरिपूर्ण मकैको जात पोसिलो मकै १ हो ।

यदि सामान्य मकै र प्रोटिन युत्त मकैको उत्पादन बराबर छ भने एमिनो एसिडको हिसाबले प्रोटिन युत्त मकै दोब्बर भएको मानिन्छ किनभने यसमा लाइसिन र टिप्टोफेन सामान्य मकै भन्दा दोब्बर पाइन्छ । यो जातको मकै करिब १४० दिनमा पाक्नुका साथै उत्पादकत्व ५.६ टन प्रती हेक्टर रहेको छ ।

यी जातका साथै मनकामना:४,५,६ जस्ता जातका मकै पनि पाहाडि क्षेत्रका लागि सिफारिस गरिएको छ्न जसका धेरै गुणहरु मनकामना ३ सङ मिल्दोजुल्दो छ्न तर उत्पादन क्षमता ५.१,६.१,५.१ टन प्रती हे।रहेको छ ।

पाहाडि क्षेत्रमा माकैका उन्नत जातहरुको प्रयोगका साथै राम्रो व्यवस्थापन उचित गोडमेल ,मलखाद ,सिचाइ, आदि ।  ले पक्कै उत्पादन वृदि गर्न सक्छ । पाहाडि क्षेत्रको मकै बालिको सन्दर्भमा उत्पादन क्षमता र कृषकको खेतमा हुने उत्पादन बिचको ठूलो अन्तरलाई कम गरि उत्पादन वृदि गर्नतर्फ ध्यान दिनुपर्ने बेला आइसकेको छ जसका लागि पाहाडको मकैबिउ प्रतिस्थापन रेट ९११.३८५० बाट बढाउँदै नयाँ उन्नत जातहरु अनि प्रविधितर्फ उन्मुख हुनुपर्ने देखिन्छ ।

सन्तोष सुवेदी
विधार्थी , कृ।प।वि।अ।स
रामपुर क्याम्पस ,चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *