तमु ल्होसार आज : गण्डकी प्रदेशमा सार्वजनिक विदा : बैक तथा वित्तिय संस्थाहरु सुचारु :

गण्डकी प्रदेश तस्बिर विशेष समाचार

पोखरा, १५ पौष ।
शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ, भन्ने आस्था बोकेका गुरुङ् समुदायहरुले आज तमु ल्होसार हर्ष र उल्लासका साथ मनाईरहेका छन्

आजबाट शुरु भएको नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास उनिहरुमा पाईन्छ । यस अवसरमा विभिन्न मन्त्रहरु लेखिएका, विभिन्न रगंका तोरण, झण्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्ड्याएका हुन्छन् ।

 

गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा आज सार्वजनिक विदासमेत दिइएको छ । तर, बैंक तथा वित्तिय क्षेत्र भने आज पनि सुचारुछन् । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

ल्हो’ को अर्थ वर्ष र सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

Source:googlepokhara.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *