विदेशी अनुसन्धानकर्ता बोलाएर भए पनि निर्मलाका हत्यारा पत्ता लगाउँछु : प्रधानमन्त्री

राजनीति विशेष समाचार

काठमाडौं, १५ पुस ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाका विषयमा गम्भिर नबनेको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले घटनाका दोषीलाई जुनै हालतमा पक्राउ गरिछाड्ने बताएका छन् ।उनले निर्मलाको हत्यारा पत्ता लगाउनका लागि सरकार, प्रहरी प्रशासनले धेरै मेहेनत गरेको भए पनि अहिलेसम्म दोषी पत्ता लाग्न नसकिरहेको बताउँदै दोषी फेला परेन भनेर सरकार चुप लागेर नबस्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी वैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्या घटनामा गम्भिरता देखाएको नेकपा नेता योगेश भट्टराईले बताएका छन् । नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीको भनाई उद्धृद गर्दै निर्मल पन्तको घटनालाई निष्कर्षमा पुर्‍याउन नेपाल प्रहरी असक्षम भए विदेशी अनुसन्धानकर्ता बोलाएर भए पनि घटनाका दोषीलाई पत्ता लगाई छाड्ने बताएको जानकारी गराएका छन् ।

नेता भट्टराईले भने, ‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राख्नु भएको छ । आवश्यक पर्‍यो भने अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउने उहाँको सोंच छ ।’

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै सरकारमाथि नागरिकले आलोचना गरिरहेका छन् ।

नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको बताएको नेता भट्टराईले जानकारी दिएका छन् । निर्मला पन्तको हत्यारा पत्ता लगाउनु पर्ने माग गर्दै अहिले पनि काठमाडौंलगायत कञ्चनपुरमा आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *