हावाहुरीका कारण बारामा अहिलेसम्म ३२ जनाको मृत्यू, ४०० भन्दा बढी घाईत

विशेष समाचार

काठमान्डौ | ,चैैत 18

बारामा आईतबार साँझ आएको भिषण हावाहुरीका कारण ज्यान गुमाएका तथा उक्त घटनामा घाईतेहरुको उद्धारको लागि राहत टोली पठाउने भएको छ । हावाहुरीका कारण बारामा अहिलेसम्म ३२ जनाको मृत्यू भए को छ । प्रदेश नं. २ का प्रहरी प्रमुख हरि पालका अनुसार मृतकको संख्या ३२ पुगेको छ । घटनामा अहिलेसम्म ४०० बढी जना घाईते भएको पालले जानकारी दिएका छन् । घटनामा घाईते भएकाहरुको उद्धार कार्य जारी रहेको छ भने सुरक्षाकर्मीहरु ईमरजेन्सी मोडमा तैनाथ भएका छन् ।

बारामा आएको भीषण हावाहुरीबाट घाइते भएका सर्वसाधारणको उपचारमा कठिनाई आएको छ।नारायणी अस्पतालस्थित रक्तसञ्चार केन्द्रमा आवश्यक परिमाणमा रगत नहुँदा घाइतेहरुको उपचारमा समस्या आएको हो।रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ। घाइ तेको उपचारका लागि रक्तसञ्चार केन्द्रमा एक पिन्ट रगत पनि नभएको जानकारी आएको छ।रगतको अभाव भएपछि अहिले आकस्मिक स्वेच्छिक रक्तदानकाा लागि सर्वसाधारणलाई आह्वान गरिएको छ।नारायणी अस्पतालमा १०० जना, नेशनल मेडिकल कलेज वीर गञ्जमा १०० जना, वीरगञ्ज हेल्थ केयरमा १०० जना, गण्डक अस्पतालमा २७ जना र एडभान्स हस्पिटलमा २० जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *